पोमुको काव्यत्मक जग–लेप्मुहाङको डुङ्गा


विश्वप्रख्यात कवि विलियम वर्डस्वर्थले त्यसै भनेका रहेनछन्, ‘अनुभूतिका स्वःस्फूर्त अभिव्यक्ति नै कविता हो ।’ त्यसैले, कविताबारे हठात् बोल्नु ठट्टा जस्तै लाग्छ । त्यस्तो ठट्टा सृजना र सर्जक दुवैलाई अप्रिय हुनजान्छ । यदि कवितामाथि बोल्ने रहर भए प्रथमतः यसको  सामीप्यता र गहिराईमा पुग्ने कोशिस गर्नु पर्छ । अनुभूतिको अवगत भएपछि मात्रै बोल्नु न्यायोचित हुन सक्छ । तर, कविता लेख्ने र बुझ्ने दुवै क्षमता नभएको प्राणी स्वयं म आफै हुँ । लेप्मुहाङको डुङ्गाबारे केही बोल्न मन हुटहुटिएको निकै अघिदेखि नै हो । यतिखेर बोल्ने संयोग इतर साहित्य मेलाको पुस्तक समीक्षा सन्दर्भले जुराएको छ ।

 

मेरो हातमा बाडुली र सुदूर सम्झना–स्वप्निल स्मृति, हाँगामा झुण्डिएको आत्मकथा–नदीश, अल्पविराम–समाश्री, युद्धले भुलेको बाँकी युद्ध–सुजन सेलिङ, पालमको राजकुमारी–दिलदुःखी जन्तरेलगायत केही लोभलाग्दा पुस्तकहरु छन । यसभित्र र बाहिरबाट छानेर एक पुस्तकको बारेमा आफुलाई लागेको अनुभूति राख्ने काम दिएको छ–नेपाल पोएट्री ग्रुप, इतर आवाज साहित्य समाजले । दक्षिण कोरियाबाट उठान भएको इतर आवाज फरक आवाजको अभियान हो । माथि भनिएझै कवि र कविता नबुझी बोल्नु बेकार हुन्छ । सर्जकमाथि अन्याय हुन्छ । तसर्थ, कोरियामा रहेर कविताकृति र कविको अन्तरङ्ग हृदयसँग केही नजिकिन पाएकोले बोल्नलाई लेप्मुहाङको डुङ्गा छानेँ ।

साकेलाको मेलामा  एकबर्ष अघि लेप्मुहाङको डुङ्गा भेटेको हुँ । एउटा लेखमा यसलाई पढ्ने मौका पाएकोमा खुशी व्यक्त गरेको थिएँ । किरात लिम्बु समुदायको महात्मा लेप्मुहाङको मिथकीय रोचक कथा छ । पृथ्वीमा चालीस दिन चालीस रात जलप्रलय भएको बखत अन्ततः लेप्मुहाङको डुङ्गामा रहेका केही असल धर्मात्माहरु मात्रै जिवित रहन्छन । जसलाई लिम्बु मिथले मानव जीवनको अवतरण हो, भनेको छ । यही सन्देशमूलक मिथकीय नाम लेप्मुहाङको डुङ्गाबाट कवि पराजित पोमुले कविता सङ्ग्रह ल्याएका छन । कविताको भाषाशैली, शीर्षक र दृष्टिविन्दुमा पोमु विशेष चनाखो देखिन्छन । लिम्बु साँस्कृतिक सौन्दर्यचेत र समुदायको सभ्यतालाई प्राङ्गारिक पस्कन सफल उनले कवितामा विश्ववन्धुत्वको विगुल फुकेकाछन ।

 

कविता लेख्नलाई केही न केहीको प्रभाव चाहिन्छ । कवि पोमुलाई आफ्नै भाषा संस्कृति, मिथकीय लोकोक्ति र केही समसामयिक कालीन सृजनाको प्रभाव देखिन्छ । तसर्थ, सिर्जना सुन्दर र सर्वप्रिय हुँदाहुँदै पनि केही रसायनबाट छुटकारा पाउन सकेको छैन । यति हुँदाहँुदै पनि उनको कवितामा आफ्नैपनको घाम मुसुक्क हाँसेको छ । यसर्थ, उनले फरक परिचय पाउनेछन ।

कवि पोमुको कविता पढिरहदा प्रेम वियोगमा पर्छु । नाक चिन्तन आउँछ । विधवा भएँ । मेरो पहिचान खोसियो । राज्यद्धारा अनागरिक घोषित भएँ । अधिकारको लागि आवाज उठाएँ । देशद्रोही भएँ । लिम्बुवानको एउटा आदिम इतिहासको एतिहासिक राज्यबाट साम्प्रदायिक बनाईएँ । लेप्मुहाङको डुङ्गामा एउटा नियात्रा विशाल जनसागर अनेकानेक सवार, सङ्क्रमणकाल, सन्धिकाल, अन्यौलग्रस्त लक्ष्य, डुङ्गाभित्रै अराजकता, पुरातन, यथास्थिति र परिवर्तनका खिचडी, जलप्रलय, ज्वारभाटा र छालसँगै द्धन्द्ध, अन्तरद्धन्द्ध उठ्छन, बग्छन् । त्यो सँगै बगिरहेँ । बगिरहेँ ।

सिङ्पो बुक्सले बजारमा ल्याएको कृतिभित्र पचास कविता रहेकाछन । तर, सैयौं सन्दर्भ, क्षेत्रका मानव जीवनमा घटित घटनाहरुको सफल चित्रण गरिएको छ । समकालीन लेखनधारलाई पछ्याउदा पछ्याउदै नयाँ प्रयोगको कसरत गर्ने जमर्को गरेर अघि बढ्न खोजेकाछन । यो सामान्य देखिए पनि समसामयिक लेखनमा नयाँ हस्तक्षेपको प्रयास हो । यसलाई साधनामा निरन्तर जोड्नसके नितान्त प्रभावकारी भएर जानसक्छ । किन कि, यसले नौलो अनुभूति दिएको छ । यसलाई विकास, विस्तार गर्न कविको निरन्तर साधनाको आवश्यकता पहिलो शतृ हुन आउँछ । प्रत्येक कवितामा अक्षर थोरै छन । तर, कविता धेरै छन । शब्द–शब्दमा काव्यीय रस–स्वादन दिन उत्कट प्रयास भएको पाइन्छ । यसर्थ, यस सङ्ग्रहलाई कवि पराजित पोमुको काव्यत्मक जग मान्न सकिन्छ ।

यथार्थता, कल्पना, अतिकल्पना र संवेगद्धारा गरिने जीवनको व्यख्यालाई कविता मान्ने आधार चाहिन्छ भने यो कविता सङ्ग्रह प्रमाणको रुपमा पेश गर्न सकिन्छ । कविले आफ्नो आँखालाई गौण राखेर समाजका प्रत्येक पात्र र प्रवृतिको आँखा प्रधान बनाएर कवितामार्फत हेर्ने कोशिस गरेको पाइन्छ । यही नै कविको मूख्य सवल पाटो हो । सृजनामा भावनाले जुन तहमा पु¥याउछ, त्योभन्दा अर्को तह पुग्न कला, प्रतिभा र विशेषगरी मिहीन साधना चाहिन्छ । यो कुरा कविले मनन गरिसकेको हुनसक्छ । पहिलो कविताकृतिबाटै सशक्त उपस्थिति जनाउन सफल कवि पराजित पोमुले समाजका विद्यमान असमानता, विभेद र वेइमानीप्रति तीखो व्यङ्ग्य र दुःख प्रकट गर्दै पृथ्वीको साझा घरभित्र कोरिएका कित्ताकाट असमान रेखाहरु मेट्न नवयुगीन समयलाई कविता मार्फत आव्हान गरेकाछन ।

कित्ताहरु,
मनको अमिनले नाप्न खोज्छ
ममाथि कान्लाहरु उभिन्छन्
कदले भूगोलको क्षितिज जोख्छ
म जहाँको त्यहीं हुनेछु ।    (हे.पृ.८५,भ्रान्ति)
( इतर साहित्य मेला कोरियामा किरातीले गरेको लेप्मुहाङको डुङ्गा पुस्तक समीक्षाको संक्षिप्त अङ्श)

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...