रोशन पौडेल (हरपल)
सरकार ! फिक्स प्राइस कायम गर
गतबर्ष बिशालबजारमा रु ५५०० भनेको जुत्ता रु २२०० मा किनियो । बजार बुझेको र बार्गेनिङ गर्न सिपालु साथी भएकाले ठगिन बाट बचें जस्तो लाग्यो र आफुलाई भाग्यमानी नै ठानें । ब्यापारीलाई कति नाफा भयो होला उ आफै जानोस् । नेपालको पुरानो अनि चर्चित ब्यस्त ब्यापरिक केन्द्रमा त यति धेरै बार्गेनिङ हुन्छ भने अन्य खुला ठाउको त कुरै नगरौ । धेरैलाई अचम्म लाग्नसक्छ बार्गेनिङ गरेकै भरमा कति धेरै डिस्काउण्ट दिन्छ भनेर , गाउघरतिरबाट आउने, बार्गेनिङ गर्न नजान्ने सोझासाझा वा बिदेशिहरु त सिधै फस्छन् नेपालमा ब्यापारीले ग्राहकको अनुहार हेरेर मनपरि सामानको मोलभाउफुर्सदमा