सरकार ! फिक्स प्राइस कायम गर


गतबर्ष बिशालबजारमा रु ५५०० भनेको जुत्ता रु २२०० मा किनियो । बजार बुझेको र बार्गेनिङ गर्न सिपालु साथी भएकाले ठगिन बाट बचें जस्तो लाग्यो र आफुलाई भाग्यमानी नै ठानें । ब्यापारीलाई कति नाफा भयो होला उ आफै जानोस् । नेपालको पुरानो अनि चर्चित ब्यस्त ब्यापरिक केन्द्रमा त यति धेरै बार्गेनिङ हुन्छ भने अन्य खुला ठाउको त कुरै नगरौ ।

धेरैलाई अचम्म लाग्नसक्छ बार्गेनिङ गरेकै भरमा कति धेरै डिस्काउण्ट दिन्छ भनेर , गाउघरतिरबाट आउने, बार्गेनिङ गर्न नजान्ने सोझासाझा वा बिदेशिहरु त सिधै फस्छन्  नेपालमा ब्यापारीले ग्राहकको अनुहार हेरेर मनपरि सामानको मोलभाउ गर्छन् ।दुइटा ग्राहकले एकैथरिको सामान किन्दा नि एकैछिनमा आकास पातालको अन्तर पार्छन् । लाग्छ सामान लिलामिमा बेचिदै छ जस्तो । जे पनि सपिङ गर्नु अगाडि कति घटाउने भनेर म जस्तै धेरैको मन पिरोलिएको हुन सक्छ ।

आधा भन्दा धेरै घटाउ भने अति घटायो भन्ने हो कि , अलिकती घटाउ भने ठगियो भनेर दिनभरी पछुतो हुन पर्ने हो कि ११ यो दशैमा धेरैले पक्कै भोग्नु भयो होला । वाक्क ,दिक्क लाग्छ नेपालको अव्यवस्थित र मनपरी बजार देखेर १ ब्यापारीले सेवा गरे बापत शुल्क लिनु स्वाभाविक हो तर मान्छेपिच्चै निमेषभरमै थरीथरीका मुल्यको कारण सेवा होइन जाल थापेर लुट्न बसेको जस्तो लाग्छ। बार्गेनिङ गर्न जान्नेहरु केही कम ठगिएलान् नत्र अरु त चुर्लुम्मै हुन्छन् ।

बिदेशमा नुनदेखी सुनसम्म हरेक सामानमा फिक्स प्राइसको ट्याग लगाएर देखिनेगरी राखिएको हुन्छ ।एउटा गेडो आलु वा एक बोरा प्याज , बेच्न राखेको हरेक सामानमा फिक्स प्राइसको ट्याग झुण्ड्याएको हुन्छ ।हरेक ग्राहकले आफ्नो हैसियत अनुसार सजिलै मन लागेको सामान छानिछानी किन्न सक्छन् ।एकपटक नेपाल जस्तै यता नि बार्गेनिङ गर्नखोज्दा न त सामानको मुल्य नै घटायो उल्टै प्याच्च भनाइ खानु पर्यो त्यसदिन देखि घटाउनेको त नामै लिन छोडेँ ।

नेपालमा मनपरि मुल्यको कारण किन्न छानिएको सामानमा बार्गेनिङ नमिलेर धेरैले सामान नै नकिनी हिड्ने पनि गर्छन यसले ग्राहक व्यापारी दुबैको समय त्यतिकै खेर गएको हुन्छ ।कमजोर आर्थिक अबस्था हुनेले त मुल्य सोध्न र बार्गेनिङ गर्नै हिचकिचाई पसलमा पस्नै डराउछन् ।सरकारले ब्यापारीको मनोमानी ,अनिमियता र चर्को मूल्यवृद्धि रोक्न ब्यापारीले सेवा गरेबापत निश्चित फाइदा छुट्टाई नुनदेखी सुनसम्मको हरेक सामानमा फिक्स प्राइस कायम गरि अनिवार्य रुपमा तत्काल लागू गर्नपर्दछ।

बार्गेनिङ गर्न नजान्ने,सिधासाधा , गरिब जनतालाई झन गरिब बनाएर मार्न पाइदैन् ।हरेक सामानमा सुको नघटाई वा सुको नबढाई यो बार्गेनिङ शब्द सदासदाको लागि अन्त्य गर्नुपर्दछ ।इच्छा शक्ति भए र सरकारले चाहे असम्भव अलिकती छैन केही समय लाग्ला यो संस्कार बसाल्न नितान्त आवश्यक भइ सक्यो सधै ल्याङ्ल्याङ गर्दै जनतालाई दुख दिन पाइदैन् । यदि ब्यापारी मान्दैनन् भने खोरमा लगेर थुन्ने र फिक्स प्राइसको ट्याग नभएको सामान सबै जफत गर्नुपर्दछ । त्यति नि गर्न नसके सरकार आफैले आफैलाई नामर्द घोषणा गर् ।
दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...