मिरा राजभण्डारी
महिला पत्रकारको शसक्तिकरणका नीति तथा अभियानमा नेपाल पत्रकार महासंघ
गत वर्ष अन्र्तराष्ट्रिय पत्रकार संघ आईएफ जे लगायत नेपाल पत्रकार महासंघको संयोजकत्वमो पत्रकार महिलाका लागि लैंगिक समता तथा शुरक्षा सम्बन्धि दुई दिने तालिमका मुख्य सहजकर्ताका रुपमा तालिमको सहजीकरण गर्ने श्रोत व्यक्तिको अवसर प्राप्त गरेकि थिएं । साथमा पत्रकार प्रमिला बानियाँ सहजीकरणमा साथ दिदै हुनुहुन्थ्यो । जम्मा पन्ध्र जना महिला पत्रकारका लागि तयार गरिएका तालिम सामग्री र व्यवस्थापन तालिमको महत्व बुझेर सिक्न आउनु भएका महिला पत्रकारको संख्या बढेर २३ सम्म पुगेको थियो । पत्रकारिता क्षेत्रमा आफना खास खास पहिचान बनाई सकेका महिला पत्रकारहरुलाई तालिम दिने सिलसिलामा उनिहरुका अनुभव, बुझाई र कामफुर्सदमा