महिला पत्रकारको शसक्तिकरणका नीति तथा अभियानमा नेपाल पत्रकार महासंघ


गत वर्ष अन्र्तराष्ट्रिय पत्रकार संघ आईएफ जे लगायत नेपाल पत्रकार महासंघको संयोजकत्वमो पत्रकार महिलाका लागि लैंगिक समता तथा शुरक्षा सम्बन्धि दुई दिने तालिमका मुख्य सहजकर्ताका रुपमा तालिमको सहजीकरण गर्ने श्रोत व्यक्तिको अवसर प्राप्त गरेकि थिएं । साथमा पत्रकार प्रमिला बानियाँ सहजीकरणमा साथ दिदै हुनुहुन्थ्यो । जम्मा पन्ध्र जना महिला पत्रकारका लागि तयार गरिएका तालिम सामग्री र व्यवस्थापन तालिमको महत्व बुझेर सिक्न आउनु भएका महिला पत्रकारको संख्या बढेर २३ सम्म पुगेको थियो ।
पत्रकारिता क्षेत्रमा आफना खास खास पहिचान बनाई सकेका महिला पत्रकारहरुलाई तालिम दिने सिलसिलामा उनिहरुका अनुभव, बुझाई र काम गराई का शैलीले आफु शुरक्षित रहेर कसरी पत्रकारिता गर्ने भन्ने विषयमा खारिएको महशुस भई रहेको थियो । तालिम अवधि भर अनुभव लिने र दिने बाहेक कसरी कार्यस्थलमा काम गरी रहंदा विपरित लिंगी पत्रकारबाट प्रयोग हुने शब्द, कुरा गर्ने शैली र प्रस्तुत हुने शैली जस्ता बडी ल्यांग्वेज सम्मका तौर तरिका बाट आफु माथि हुने विविध प्रकारका लैगिग तथा यौन जन्य हिंसा के के हुन् र ति त्यस्ता नकारात्मक प्रस्तुतिबाट आफु कसरी बच्न सकिन्छ भन्ने विषयमा तालिमा निर्धारित पहिचान गरिएका समस्याहरु बाहेक अन्य समस्याहरु समेत पहिचान गराउन सहजकर्ता कै समकक्षिका रुपमा महिला पत्रकारहरु प्रस्तुत भए । गर्वकै कुरा मान्नु पर्छ अहिलेको सुचना प्रविधिको विकासका कारण महिलाहरुले आफु माथि हुने सवै प्रकारका विभेद र हिंसको पहिचान गर्न सो बाट आफु कसरी सुरक्षित रहने भन्ने विषयमा स्वस्फुर्त ज्ञान समेत हासील गर्दै रहेको अनुभव तालिमका दौरान गरियो ।

महिला पत्रकारको सशक्तिकरणका लागि नेपाल पत्रकार महासंघको भुमिका

गत वर्ष पोखरामा सम्पन्न विधान संसोधन अधिवेशनले महिला पत्रकारलाई नीतिगत तहमा अझै शसकत भुमिका दिलाउन सो अधिवेशन मार्फत अव नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष महिलाको प्रवाधानलाई अनिवार्य गरेको छ । विगतमा महिला आरक्षण कोटामा तीन रहेकोमा अवको विधानले सोमा एक थप गरी चार अनिवार्य महिलाको व्यवस्थ ागर्ने सहमति भएको छ । जसमा खुल्ला दुई र समावेशी दुई अर्थात आदिवासी जनजाति, मधेशी दलित, अल्पसंख्यक लगायत को संख्या दुईको प्रावधान अनिवार्य रहेको छ । हुनत संविधान सम्मत महिलाको सदस्य संख्या ३३ प्रतिशतको माग गर्दछ । तर नेपाल पत्रकार महासंघको एक तथ्यांक अनुसार महासंघमा आवद्ध महिलापत्रकारको संख्या २ हजार तीन सय चौंतिस रहे अनुरुप सो संख्या र पुरुष पत्रकार समेतको गरी हिसाव मिलान गर्दा अव १२ प्रतिशत महिलाको आरक्षण हुने छ ।

इतिहासमा महिला नेतृत्व

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको अभिलेखमा उल्लेख भए अनुरुप महासंघको पहिलो केन्द्रिय सदस्यको रुपमा सर्व प्रथम २०१९ मा शशीकला शर्मा रहेको उल्लेख छ । सभापति पशुपति देव पाण्डेको नेतृत्वमा गठीत सो कार्य समितिका प्रथम महिला पत्रकार शशीकला शर्माको चिनारी पत्रकार मात्र नभएर साहित्यकार समेत थिईन । स्वास्नी मान्छे पत्रिकाका सम्पादक शर्मा पछि चन्द्रकला आंचल, प्रेमकुमारी पन्त, हरीकला अधिकारी, राधा बुढाथोकी (सभापति, खुल्ला ),बविता बस्नेत, जशुदा प्रधान लगायत पछिल्ला दिनमा यशोदा तिमल्सिना अनिता विन्दुं लगायत २२ जना महिला पत्रकार पत्रकार महासंघको नीतिगत तहमा आवद्ध भई सकेका छन् । पत्रकार महासंघको कार्य समितमा महिला पत्रकारहरुको पर्दापनमा पुरुष पत्रकारको खास योगदानलाई कदर गर्नै पर्दछ ।

पशुपत देव पाण्डे देखि किशोर नेपाल तथा पछिल्ला दिनमा गोविन्द आचार्य सम्मको योगदान महासंघको नीतिगत तहमा महिला पत्रकारलाई खास स्थान दिलाउन सभापति आचार्यको नेर्तत्व को खास योगदान रहेको छ । साथै विगतमा पत्रकार महासंघमा पर्दापन गरेका महिला प्रतिनिधहरुका खास खास कार्य बनाएका नीतीहरु ल्गायतले अहिले महिला पत्रकारको संख्या त्रमस बढ्दो मात्र छैन महिला पत्रकारहरु बीच महासंघमा आवद्ध हुन आकर्शन समेत बढेको छ । पुर्व सभापति किशोर नेपालको भनाईलाई मनन गर्दा “ हाम्रो समाज महिला र पुरुष समान हुन् भन्ने दर्शण बाट प्रभावित समाज हो । तसर्थ महिलाहरुको सहभागिता विना यो सांसारिक चक्र मात्र नचल्ने होईन, व्यवहारिक जीवनका अन्य अवयवमा समेत महिलाको उपस्थिति अनिवार्य छ । महिलाहरुको योगदान विना पुरुष एक्लोले मात्र मानव जीवन पुर्ण हुन असंभव छ ।

अझ पत्रकारितामा त महिला पत्रकारको उपस्थितिले महिला वर्गको हीत र उत्थानका लागि खास महत्व राख्दछ । नेपाल पत्रकार महासंघ पत्रकारका हीतका लागि स्थापित भएको हुंदा पत्रकारका हीत र विकासका लागि बनाईने हरेक नीतिमा महिला पत्रकारका खास मुद्धा संबोधन गर्न महिला पत्रकारको अनिवार्य उपस्थिति आवश्यक छ, महासघंमा आवद्ध तात्कालिन पुरुष पत्रकार समेतको सोही अभियान र भावना अनुरुप अहिले महिला पत्रकार सदस्यको संख्या १२ प्रतिशत पुगेको छ । हामीले बढी भन्दा महिला पत्रकारको आगमनका लागि समय अनुसार खुल्ला नीतिहरु व्यवहारमा उतार्न जरुरी छ” पत्रकार नेपालको सुझाव ।

वास्तवमा पुर्व सभापति नेपालले भनेझै गत वर्ष सम्पन्न नेपाल पत्रकार महासंघको विधान अधिवेशने अनियार्य महिला उपाध्यक्ष तथा महिलाको केन्द्रिय सदस्ययको आरक्षणमा समेत ५० प्रतिशत समावेशी ५० प्रतिशत खुल्ला रहने विधान समितको मस्यौदा संसोधन गर्न विधान अधिवेशनको सभाको हलमा संस्थागत देखी पार्षदहरु सम्मका पुरुष पत्रकारहरुले आपनो अभियान र आवाजलाई बुलन्द गरेको देखियो । अव आगामी नेतृत्वमा नेपाल पत्रकार महासंमा अनिवार्य महिला उपाध्यक्ष एक तथा चार केन्द्रिय सदस्यमा महिला पत्रकारको संख्यामा पनि ५० प्रतिशत समावेशी –आदिवासी, जनजाति, मधेसी दलित व अल्प संख्यक) रहने गरी विधान संसोधन हुने छ । जुन संविधान सम्मत सामाजिक रुपान्तरण सहितको नया नेपालको मागलाई खास संबोधन हुने र गर्ने छ ।

लैंगिक शुरक्षा र समताका लागि महिला पत्रकार र महिला पत्रकारका योगदान र अवस्था

विकासको निमित्त संचार एक प्रमुख माध्ययम हो । तर पनि संचार माध्ययम का संबाहकका रुपमा रहेका महिला पत्रकार जगत स्वयं समेत कार्य स्थलमा हुने लैगिक हिंसाबाट मुक्त हुन सकेको अवस्था छैन । महिला पत्रकार माथि हुने लैंगिक हिंसाकै कारण पनि पत्रकारिता क्षेत्रबाट पलायन भई रहेका छन । पत्रकारिताको माध्ययमबाट महिला हक, अधिकार महिला मागि हुने हरेक प्रकारका हिंसा, महिलामथि हुने विभेद आदि विषयमा महिला पत्रकारको कलमको माध्ययमले राज्य संयन्त्रलाई झकझकाउने कार्य हुने गरेको छ तर महिला पत्रकारको पलायनले महिला माथिको विविध अपराध जस्ता विषयमा राज्य र संम्बिधत निकाय बाट न्याय सुनिश्चत गराउन नसकेको अवस्था रहन्छ । साथै महिला माथि हुने सवै प्रकारका हिंसा र विभेद बाट उन्मुक्ति दिलाई रुपान्तरीत समाज र विधिको शासनलाई सुनिश्चत गराउन महिला पत्रकारले निर्वाह गर्न सक्ने भुमिका पनि ओझेलीमा परेको छ ।

तसर्थ यी सवै मुद्धामा केन्द्रित रहेर महिला पत्रकारकोे लैगिक शुरक्षा तथा समताको आवश्यकता, अवस्था र चुनौति के कस्ता छन् र नेपाल पत्रकार महासंघ जस्ता सरोकार वाला निकाय राज्यको निकाय बाट महिला पत्रकारको शुरक्षा तथा समताका लागि के कस्ता नीति तथा कार्यक्रम हरु बनाउन आवश्यक छ भन्ने विषयमा बहस समेत लैंगिक सुरक्षा तथा समता तालिम कार्यत्रममा भएको थियो । विधिको शासनको सुनिश्चितताका लागि महिला पत्रकारको खास योगदान रहने हुंदा महिला पत्रकारलाई आफु शुरक्षित रही कसरी पत्रकारिता गर्ने भन्ने विषयमा दुई दिने तालिम कार्यक्रम केन्द्रित गरिएको थियो । विशेषगरी संचार क्षेत्रमा कार्यरत रहेका महिला पत्रकारहरु माथि कार्यस्थल र फिल्डमा हुने लैंगिक तथा शाररीक हिंसा बाट आफु कसरी शुरक्षित रहेर पत्रकारिता गर्ने भन्ने विषयमा कार्यक्रमा केन्द्रित रह्यो ।

निश्कर्ष

महिला पत्रकारको महिला पत्रकारको शसक्तिकरणका लागि संचालित विभिन्न कार्यक्रम अन्र्तगत नेपाल पत्रकार महासंघले गरेका उपलब्धि तथा अहिले हुंदै गरेको लैगिक सुरक्षा तथा समता कार्यक्रम समेतले महिलापत्रकार हरु माथि हुने विविध प्रकारका भेदभाव लैगिक तथा शाररिक हिंसाले महिला पत्रकारहरुले कसरी आफु विरुद्ध हुने विविध लैंगिक हिंसा विरुद्ध आवाज उठाउने, न्याय कहां बाट पाउने र न्याय पाउन के कस्ता निकायलाई प्रयोग गर्ने तथा आफु माथि हुने हरेक प्रकारका हिंसा विरुद्ध प्रतिकार कसरी गर्ने जस्ता विविध प्रयोगात्मक विधि समेतको प्रयोग जस्ता उपाय समेत सिकाउने उद्धेस्य रहेको छ ।

सामाजिक रुपान्तरण सहितको नयाँ नेपालको अवधारणा अनुरुप देशमा दिगो शान्ति र विकासका लागि महिलाको मानव अधिकारहरु सुनिश्चत हुनु पर्ने, महिला माथि हुने सवै प्रकारका भेदभाव, हिंसा आदिको उन्मुलनमा पहुंचका लागि महिला पत्रकारका कलमले खास भुमिका खेल्ने गरेको छ ।

महिला पत्रकारहरुले सवै भन्दा जोखिम र हिंसाको शिकार आफनो कार्यस्थल र फिल्डमा हुने गरेको र महिला भएकै कारण थप समस्या र जोखिम खप्नु परेकोले यस्ता तालिम हरुको आयोजनाले महिला पत्रकारहरुलाइृ आफु शुरक्षित रही पत्रकारिता गर्ने आत्म विश्वास समेत बढ्ने र अव पत्रकार महासंघले फेरी पेरी पनि यस्ता तालिमको आयोजना गर्ने प्रतिवद्धता नेपाल पत्रकार महासंघको छ । महिला पत्रकारको विकास तथा उनीहरुका भित्र रहेको अशुरक्षाका भावना हटाई स्र्फुत रुपमा निर्भक भई पत्रकारिता गर्न समाजको लागि खास योगदान दिन महिला पत्रकार सक्षम रहने छ भन्ने सोच यो कार्यक्रमको छ ।

(लेखिका नेपाल पत्रकारमहासंघ लेखा समितिका सदस्य हुन् ।)

[email protected]

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...