प्रगति राई
फूल र फलाम (कविता)
जित्ने प्रयास गरेकै हुँ भए भरको बल लगाएकै हुँ आखिर प्रेममै हारेर मर्नु लेखिएछ मलाई ठिकैछ, प्रेममै हारीमरुँला । आमाको दूध पिएर हुर्किएको हुँ दु:खको सामुन्ने फलाम भएर उभिनुछ दु:खहरूले ममाथि गाली बर्षाउँछ निराशा, एक्लोपन, भोकप्यास, अपमान सबै बर्षाउँछ याने कि, उसका हर अश्त्रहरूले मलाई खिया लगाइरहेछ। कयौंपल्ट मलाई लतारेर आँशु बहन्छ। सहँदा-सहँदै नसकेपछि कयौंपल्ट लुकेर आमासङ्ग माफी माग्दछु कि-म फलाम हुन सकिन। तर पनि म फलाम हुन हर-प्रयासमा छु । वशन्ता ! तिम्रो प्रेम मेरो विरुद्दमा हुनेछ। किनकी – तिमी मलाई फूल हुन सिकाउछ्यौ । फलामफुर्सदमा