फूल र फलाम (कविता)


 

 

 

जित्ने प्रयास गरेकै हुँ
भए भरको बल लगाएकै हुँ
आखिर प्रेममै हारेर मर्नु लेखिएछ मलाई
ठिकैछ,
प्रेममै हारीमरुँला ।

आमाको दूध पिएर हुर्किएको हुँ
दु:खको सामुन्ने फलाम भएर उभिनुछ
दु:खहरूले ममाथि गाली बर्षाउँछ
निराशा, एक्लोपन, भोकप्यास, अपमान सबै बर्षाउँछ
याने कि, उसका हर अश्त्रहरूले मलाई खिया लगाइरहेछ।
कयौंपल्ट मलाई लतारेर
आँशु बहन्छ।
सहँदा-सहँदै नसकेपछि
कयौंपल्ट लुकेर आमासङ्ग माफी माग्दछु कि-म फलाम हुन सकिन।

तर पनि म फलाम हुन हर-प्रयासमा छु ।

वशन्ता !
तिम्रो प्रेम मेरो विरुद्दमा हुनेछ।
किनकी – तिमी मलाई फूल हुन सिकाउछ्यौ ।
फलाम हुने मेरो रहर बुझेर होला-
मभन्दा पर-पर गएर फुल्दछ्यौ
पार्कहरूमा फुल्दछ्यौ, धनीहरूको बगैचामा फुल्दछ्यौ।
टाढिन पनि जान्नु पर्छ नि
धनीहरूको बगैचामा पो गेट हुन्छ र म आउन सक्दिन
पार्कहरूमा त मलाई के ले छेक्छ र?
अगाडि-मलाई निल्न तयार अजङ्गको मेशिन
पछाडि- मलाई झम्टिन तयार सिंहजस्तो साहु
यी दुईको बिचबाट म कस्तरी चिप्लेर तिमीकहाँ आइपुग्छु

तिमी नचिनिन्ने भएर सेतो फूल, रातो फूल, वैजनी फूल फुल्दछ्यौ
राजा मरेको अरु नै के के कथा बुनेजस्तै
तिमीले जतिसुकै रुप फेरेर रङ् भर न,
मलाई विश्वास लागे पो त ।
अरुलाई देखाउन पो प्रमाण चाहिन्छ- आफ्नो लागि त विश्वास नै ब्रम्हाण्ड हो ।

जब, झुपुक्क -झुपुक्क फुलेको थुङ्गाहरू देख्दछु
सङ्गठन छाडेर हिडेका सदस्यहरू झैं
मेरा अङ्गहरू नियन्त्रणमा रहदैनन्
हातहरू तिमलाई छुन लम्कन्छन्,
थुङ्गाहरूमा मेरा आँखा, ओठ, गलाले स्पर्श गर्दछ-
,खोइ त तिमीले सुवासना फेरेको? ,खोइ त तिमीले आत्मियता फेरेको?, खोइ त तिमीले प्रेम गर्ने बानी फेरेको?
छल्न पनि जान्नुपर्छ नी ।

के ढाट्नु हौ,
तिम्रो नजिक आएपछि- आमाको दूध पिएको कुरा त के
आमालाई नै बिर्सीपठाउछु ।

थाहा छ- तिमी मेरो फलाम हुने रहर बुझ्द्छ्यौ
र, मेरो आखै सामुन्ने प्रेमको बलिदानी हाँगा छाडेर सुक्न थाल्दछ्यौ ।
मेरो मुटु पनि स्थान छाडेर तल..तल खसेको भान हुन्छ मलाई।
म छाम्दछु-रित्तो छाति, पेट, कम्मरमुनि खल्तितिर
लाग्छ- मेरो मुटु त्यतै-कतै रक्ताम्य छट्पटाइरहेछ।

म न त फूल हुन सकें
न त फलाम हुन सकें

आमा मेरो मुहान रहेछ
प्रेम मेरो समुन्द्र रहेछ
यो मुहान र समुन्द्रबिचको म जाबो सानो खोला कत्ति दु:खले बग्नु परेको?
वशन्ता !
फलाम हुन पनि तिम्रै प्रेम चाहिने रहेछ
नत्र त खिया लागेर तुरिने रहेछु ।

जित्ने प्रयास गरेकै हुँ
भए भरको बल लगाएकै हुँ
आखिर प्रेममै हारेर मर्नु लेखिएछ मलाई
ठिकैछ,
प्रेममै हारीमरुँला ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...