तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाली समाज दक्षिण कोरियाकाे शुभकामना अादनप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले सलनालमा शुभकामना अादनप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेकाे छ । शनिबार भएकाे कार्यक्रममा विभिन्न पार्टी त्याग गरि जसपामा प्रवेश गरका छन् । समानता, न्याय तथा बहु-राष्ट्रिय राज्य निर्माणको महान लडाइँमा सहभागी हुन जनता समाजवादी पार्टीमा प्रवेश गरेकाे नेपाली समाजका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए । आङफुरि शेर्पा, बिस्नु लिम्बू, सुन्दर ठगुन्ना, सागर ठगुन्ना, सागर सुब्बा, गोपाल भुजेल, झमकफुर्सदमा
स्याङ्जा परिवार कोरियाको किम्हेरबुसान शाखाको चौथो अधिवेशन सम्पन्न

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको चाैथाे अधिवेशन सम्पन्न भएको छ । किम्हेको कोरिया माइग्रेन्ट हाउसको हलमा १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट आशिष रानाभाट अध्यक्ष रहने गरि २३ सदस्यीय संरचनाको चाैथाे कार्यसमिति गठन भएको हो । संस्थाका शाखा अध्यक्ष कमल अर्यालको सभाध्यक्ष र स्याङ्जा परिवार दक्षिण केन्द्रीय अध्यक्ष विजय थापाको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका वरिष्ठ उपाध्यक्ष आशिषफुर्सदमा
स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन जनवरी २१ मा हुने

केही महिना अघि मात्रै धूमधामका साथ रजत जयन्ती मनाईसकेको कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवारको बाह्रौं केन्द्रीय अधिवेशन यही आउँदो जनवरी २१ तारिकमा हुने भएकाे छ । संस्थाको एघारौं कार्यसमिति सफलतापूर्वक कार्यकाल पूरा भई आधिकारिक र विधिवत् रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउल जोंगाक स्थित दुर्गा रेष्टुरेन्टको छिहा हलमा सो अधिवेशन हुने भएकाे हो । सन् १९९७ मा स्थापना भएको “स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔंफुर्सदमा
कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास भातृ संगठन गठन हुने
दक्षिण कोरियामा नेपालको चौथौ राष्ट्रिय पार्टीको रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रवास भातृ संगठन नेपाली सम्पर्क विभाग गठन हुने भएको छ । यहि जनवरी १५ तारिख सिओलको दोङम्योआप स्थित रहेको नमस्ते रेष्टरुेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रवास भातृ संगठन नेपाली सम्पर्क विभागको तदर्थ समिति गठन गर्ने विभागका संयोजक जिपी तिमिल्सीनाले जानकारी गराउनु भएको छ । विभागका संयोजक तिमिल्सीनाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम उपप्रधानमन्त्रीफुर्सदमा
स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको चौथो अधिवेशन जनवरी १५ मा हुने

“स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको चौथो अधिवेशन यही आउँदो जनवरी १५ तारिक किम्हे स्थित कोरिया माइग्रेन्ट हाउसमा हुने भएको छ । तेश्रो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष कमल अर्यालले जानकारी दिए । स्याङ्जा जिल्लाबाट विभिन्नफुर्सदमा
स्याङ्जा परिवार किम्हे/बुसान शाखाको बनभोज कार्यक्रम सम्पन्न, साईकल यात्रीहरु भए सम्मानित

कोरियाको स्याङ्जा परिवार किम्हे/बुसान शाखाले अक्टोबर २९ र ३० तारिक दुई दिने रमाईलो वनभोज कार्यक्रम सम्पन्न गरेको छ । किम्हे बुसान आसपासको स्याङ्जालीहरुको आपसी सद्भाव अभिवृद्धि गर्ने उद्धेश्यले शुभ दिपावलीको अवसरमा पारेर आपसी परिचयात्मक कार्यक्रम सहित गजेदो सहर नजिकै (부산 강서구 가덕 해안로 590)मा संस्थाले उक्त बनभोज कार्यक्रम आयोजना गरेको हो । सोही अवसरका विच काेरियामा रहेका नेपाली साईकल टोली The Himalyan Cycle Team का गाेल्ड मेडलिष्ट साईकल यात्रीहरुहरुलाई सम्मानफुर्सदमा
माेक्पाेमा वडा दशै र दिपावलीकाे शुभकामना अादानप्रदान कार्यक्रम हुने

नेपालीहरूको महान चाँड बडादशैँ तथा शुभदिपावलीको अबसरमा माेक्पाे साम्हाे साझा चाैतरीले दशै कार्यक्रम गर्ने भएकाे छ । अक्टाेबर ९ तारिख अाइतबार हुने कार्यक्रममा छल्लानाम्दाे र बुक्दाेकाे नेपालीलाइ सहभागी हुन अायाेजकले अाग्रह गरेका छन् । ‘नेपालीकाे ठूलाे चाड बडा दशैँ तथा शुभदिपावलीको अवसरमा संस्कार र संस्कृति लाई जोगाइराख्नु पर्छ भन्ने उद्देश्यका साथ बडादसैं र दिपावलीको शुभकामना आदानप्रदान तथा चियापान विशेष कार्यक्रमको गर्न लागेका हाैं । यस कार्यक्रममा मक्पोबासी र मोक्पो वरिपरिफुर्सदमा
कोरियामा निधन भएका ईन्द्र गुरुङको श्रद्धाञ्जली सभा अक्टोबर ०२ मा गरिने

लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं. ९ बिम्दा स्थायी घर भई कोरियामा कार्यरत स्व. ईन्द्र गुरुङको सम्झनामा आउँदो अक्टोबर ०२ मा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिने भएको छ । तमू धीं दक्षिण कोरिया र लमजुङ परिवार दक्षिण कोरियाको संयुक्त आयोजनामा दिवंगत आत्माको चीर शान्तिको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने उद्धेश्यले उक्त सभाको आयोजना गरिएको हो । कोरियाको राजधानी सउलदेखि करिब २ सय किमीको दुरीमा रहेको छुङनाम सिटिकोफुर्सदमा
निर्माणाधीन बालगृह भवनलाई कोरियाबाट स्याङ्जा परिवारको सहयोग

कोरियामा क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार किम्हे/बुसान शाखाले आफ्नो गृह जिल्लाको बालगृह भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । स्याङ्जा स्थित फेदिखोला गाउँपालिका वडा नं. १ मा अमोर सेवा नेपाल द्वारा सञ्चालित निर्माणाधीन जिल्लाकै एकमात्र बालगृह भवनलाई सहयोग स्वरुप १ लाख २५ हजार रुपैंया प्रदान गरेको हो । गत अगष्ट १४ मा कोरियाको किम्हेमा जिल्लाको एकमात्र बालगृह भवन सहयोगार्थ सुपरहिट नेपाली कथानक चलचित्र “ए मेरो हजुर ४” को प्रदर्शनफुर्सदमा
स्याङ्जा परिवारले अक्टोबर ०८ मा दशैं मनाउने

प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान गर्दै जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा स्याङ्जा परिवार दक्षिण कोरियाले २०७९ सालको विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विगतमा जस्तै संस्थाको गतिविधिलाई निरन्तरता दिदै यो पटक पनि यस कार्यक्रम आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाले बताए । दशैंको धार्मिक परम्परा अनुसार अग्रज तथा मान्यजनबाट टिका-जमरा ग्रहण गर्ने र आशीर्वाद लिनेफुर्सदमा