मंगल योङहाङ लिम्बूद्वारा NRNA ‘उपाध्यक्षका’ लागि उमेदवारी घोषणा

गैर आवासिय नेपाली संघ NRNA दक्षिण कोरियाको दशौँ अधिवेशनका लागि मंगल योङ्हाङ लिम्बूले उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन। उनी हाल कार्यसमितीको केन्द्रीय सदस्य समेत हुन्।
कोरियाको नेपाली समाजमा सक्रिय रहेका उनि समाजसेवामा पनि त्यतिकै खट्ने गरेको पाइन्छ। विशेष गरि यूवा माझ लोकप्रीय उनी खेलकुद क्षेत्रमा पनि सक्रिय छन्। कोरियामा रहेका विद्यार्थी एवम विभिन्न पेसामा आवद्ध नेपालीको समस्यालाई समाधान गर्न हरदम लागिरहेका हुन्छन।
वुद्धि गुरुङ नेतृत्वको NRNA ले शेष घलेको संयोजकत्वमा रहेको उच्च स्तरीय समितिको एकता महाधिवेशनमा भाग लिएको थिएन्। यो संस्थाले आगामी जुलाई २६ र २७ तारिख १० औँ अधिवेशन गर्दैछ।