Advertisement
SKIP THIS

खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक


 

खोटाङ सेवा समाजले आयोजना गरेको “खोटाङ हलेसी सांगितिक सौगात भाग ५” को आयव्यय सार्वजनिक गरिएको छ। सलनालको दोश्रो दिन जनवरी २९ तारिख सम्पन्न कार्यक्रमको कूल आय ७ करोड बहत्तर लाख ६ हजार २ सय ७२ वन रहेको छ भने ७ करोड ५२ लाख ७८ हजार ९ सय ५० वन खर्च भएको छ। उक्त कार्यक्रम मार्फत १९ लाख २७ हजार ३ सय २७ वन मुनाफा भएको छ । थप टिकट र सहयोग गरि २० लाख ४२ हजार वन संकलन हुन बाँकि रहेको समाजले जनाएको छ।

प्रमुख अतिथि एवम पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौलाले सलनालको मौसम कार्यक्रमको गर्नका लागि प्रतिकुल रहेको बताएका थिए। साथै उनले आफू स्वंय दोङ्देमुन ३ नम्बर गेटमा खट्दै गर्दा आयोजकबाट यातायातको प्रवन्ध कमजोर भएका कारण दर्शकहरु फर्किएका बताएका थिए। संस्थाका अध्यक्ष सुष्मा रानाहँमाले कार्यक्रम सम्पन्न गराउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए। यसैगरी पूर्वी नेपालको नियम अनुसार कार्यक्रम सोचेजस्तो आर्थिक मुनाफा नभए वैकल्पिक कार्यक्रम मार्फत खोटाङ सेवा समाजले अगस्टको मध्यतिर पिकनिक आयोजना गरिने जानकारी गराएकि थिइन्।

संस्थाका पूर्व अध्यक्ष एवम कार्यक्रम संयोजक अ्मृत राईले छोटो समयमा कार्यसमितिले आँट गर्नु नै ठूलो भएको बताउँदै एनसिसीको भुमिका सन्तोषजनक नभएको बताएका थिए। यसैगरी नेपालका महँगा कलाकारले मूल्य बढाएमा त्यस्ता कलाकारलाई ल्याउनु भन्दा अन्य कलाकार ल्याउन सुझाएका थिए। संस्थाका वरिष्ठ सल्लाहकार एवम कार्यक्रम उप संयोजक लोचन राईले कार्यक्रम आयोजना गर्दै गर्दा सौल केन्द्रीत मँहगो खर्चमा भन्दा सुवन आसपास कार्यक्रम गरिए सफल हुने बताएका थिए।

 

कास्कि परिवारका अध्यक्ष सन्तोष पौडेलले गतहप्ता कास्की परिवारले आयव्यय सार्वजनिक गर्दैगर्दा केहि व्यक्ति र संस्थाहरुको नामावली बाहिर आएको प्रति दुख व्यक्त गर्दै उक्त घटना संस्थाको नियत र निर्णय नभएको स्पष्ट पारेका थिए।

 

 

सामाजिक कल्याणकारि सहयोगार्थ आयोजित कार्यक्रममा सविन राई एन्ड फारोह व्याण्ड र केहर सिंह लिम्बूले प्रस्तुति दिएका थिए। 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...