Advertisement
SKIP THIS

मोक्पोमा दूतावासको घुम्ति सेवा सम्पन्न, राजदूतद्वारा गुम्बामा माने अनावरण


जुन २२ आइतवार नेपाली राजदूतावासले मोक्पोमा घुम्ति सेवा सम्पन्न गरेको छ। यस घुम्ति सेवालाई मोक्पो साम्हो साझा चौतारी- किराँत याक्थुङ् चुम्लुङ् छल्लादो-नेपाल मगर संघ मोक्पो छल्लादो शाखाले संयुक्त व्यवस्थापन गरेको थियो।

राहदानी नवीकरण (E-Passport Renewal) घुम्ती साथै राजदुत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम र अतिरिक्त श्रमिक सचेतना तथा मानसिक स्वास्थ्य समस्या सम्बन्धि काउन्सेलिङ कार्यक्रम पनि सम्पन्न गरिएको थियो। यसैगरी मोक्पोमा अवस्थित हुन्डाई साम्हो पानीजहाज कम्पनीको निमन्त्रणामा नेपाली राजदूतद्वारा पहिलो पटक अफिसियल भ्रमण गरिएको थियो। भ्रमणका क्रममा कामदारको स्थिति , कम्पनीको वस्तुगत अवस्था अवलोकन गरिएको थियो। यस कम्पनीमा करिब एक हजार नेपाली कार्यरत छन्।

यङआमगुन् साम्होस्थित छुक्सङआम गुम्बामा निर्माण गरिएको मणि खोर्लो छुक्सङआम गुम्बामा राजदूतले मनि खोर्लो(माने) अनावरण गरेकि थिइन्।

“budha was born in nepal”मुल नारा राखेर दक्षिण कोरियाको छल्लानाम्दो यङआमगुन् क्षेत्रमा वसोवास गरिरहनु भएका नेपाली समुदायको सक्रियतामा दुई देशबीच धार्मिक तथा सांस्कृतिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले उक्त माने राखिएको जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...