तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
छङ्ऊप नेपाली एकता समाजले अक्टोबर ०८ मा दशैं मनाउने

प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान र जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको छङ्ऊप स्थित 정읍시 2 공단 CU 3 अगाडिको पार्कमा छङ्ऊप नेपाली एकता दक्षिण कोरियाले २०७९ सालको बडा दशैंको पावन अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । समाजले आफ्नो गतिविधिलाई चलायमान गराउँदै विविध साँस्कृतिक कार्यक्रम सहित दशैं मनाउने तयारी गरेको हो । कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत पर्ने थेईन, जुल्फो, गोछन, खाम्गुकफुर्सदमा
डलरसंग कोरियन वनको भाउ १३ बर्षकै उच्च

अमेरिकन डलरसंग कोरियन वनको भाउ १४ वर्षा यताकै उच्च बिन्दुमा पुगेको छ । समाचार अनुसार आजको कोरियन वन १ डलर बराबर १४०० (एक हजार चार सय) वन भन्दा बढि पुगेको छ । अमेरिकी फेडरल रिजर्व द्वारा आफ्नो प्रमुख ब्याज दरमा लगातार तेस्रो पटक ७५ आधार बिन्दुले वृद्धि गरेपछि कोरियाली वोन अमेरिकी डलरको विनिमय दरमा यसरी बढेको हो। द्रास्फीतिलाई रोक्नको लागि यु एस. फेडले कडा प्रयास गरेपछि वोन-डलरको विनिमय दर यसरिफुर्सदमा
थेगु नेपाली मञ्चको पहिलो अधिवेशनबाट भानु घिमिरेको नेतृत्व रहने गरी कार्यसमिति चयन

“एकता र अनुशासन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१९ मा स्थापित थेगु क्षेत्रमा रहेको संघसंस्थाहरुको छाता संगठन थेगु नेपाली मञ्चको पहिलो अधिवेशन सम्पन्न भएको छ । यही सेप्टेम्बर १८ तारिक बालाजी रेष्टुरेन्ट थेगुमा मञ्चका कार्यवाहक अध्यक्ष रमेश रानाको सभाध्यक्ष र समाजसेवी तथा व्यवसायी मानसिङ्ग गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाल मगर संघ थेगु शाखाका अध्यक्ष चिरन थापा मगर, स्याङ्जा परिवार थेगु शाखाका अध्यक्ष मित्रफुर्सदमा
कोरियामा निधन भएका राजेशका परिवारले पाए साढे चार लाख रुपैंया आर्थिक सहयोग

कोरियामा निधन भएका विधार्थी राजेश पाण्डेयको परिवारलाई स्याङ्जा परिवार र नेपाली विधार्थी समाज (SONSIK) को संयुक्त पहलमा संकलित ४३ लाख १८ हजार १ सय ९२ कोरियन वोन (करिब साढे चार लाख नेपाली रुपैंया) राहत र सान्त्वना स्वरुप मृतकको सहोदर भाई अच्युत पाण्डेयलाई हस्तान्तरण गरिएको छ । Encephalitis (Autoimmune) नामक रोग लागेका पाण्डेय दक्षिण कोरियाको सउलस्थित 가톨릭대학교 은평성모병원 मा उपचारार्थ रहँदै गर्दा गत अगष्ट २७ मा निधन भएका थिए । दुईफुर्सदमा
थेगु नेपाली मञ्चको दोश्रो अधिवेशन सेप्टेम्बर १८ मा हुने

“एकता र अनुशासन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१९ मा स्थापित थेगु क्षेत्रमा रहेको संघसंस्थाहरुको छाता संगठन थेगु नेपाली मञ्चको दोश्रो अधिवेशन यही सेप्टेम्बर १८ तारिक बालाजी रेष्टुरेन्ट थेगुमा हुने भएको छ । दोश्रो अधिवेशनको लागि कार्यदल गठन गरिएपनि कोभिड १९ कोरोना संक्रमण र जोखिम साथै अन्य विविध कारणले अधिवेशन गर्नुपर्नेमा केही ढिलाई भएको र यो पटक सम्पूर्ण तयारीका साथ सो अधिवेशनको व्यापक तयारीमा जुटेको मञ्चका उपाध्यक्ष एवम् कार्यदलफुर्सदमा
पाँचौ संस्करणको “छेजुदो भ्रमण” ब्यापक सहभागिताका साथ सम्पन्न

दक्षिण कोरिया स्थित मिर्याङ नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “पाँचौ छेजुदो भ्रमण” कार्यक्रम सम्पन्न गरेको छ । यही सेप्टेम्बरको गत ९ देखि ११ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । सउल क्षेत्रको लागि दोङ्देमुनबाट १ सय १६ जना, किम्हे र बुसान क्षेत्रको लागि किम्हेबाट ३७ जना, थेगु क्षेत्रको लागी मिर्याङबाट ४७ जना र मोक्पोबाट ८ जना गरी २ सय ८ जना भ्रमणमा सहभागीफुर्सदमा
स्याङ्जा परिवार दक्षिण कोरियाको रजतोत्सव धूमधामका साथ सम्पन्न

कोरियास्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित रजतोत्सव समारोह भव्य रुपमा सम्पन्न भएको छ । गत आइतबार सउलस्थित 서울시 중구 정동길 3 경향신문사 12충 को हलमा कोरियन पर्व छुसकको अवसर पारेर सो रजतोत्सव समारोह सम्पन्न भएको हो । “कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित सम्पन्न सो रजतोत्सव समारोहमा संस्थाका केन्द्रीय अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक विजय थापाको अध्यक्षता, प्रमुख अतिथि नेपालीफुर्सदमा
खोटाङ सेवा समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न अध्यक्षमा नवनवीन राई

नेपालको पूर्वी जिल्ला खोटाङबाट रोजगारीको सिलसिलामा कोरिया आई विभिन्न पेशामा आबद्ध रहेका खोटाङ जिल्लाबासीहरुको साझा चौतारीको रुपमा स्थापित खोटाङ सेवा समाज दक्षिण कोरियाको १९ औ महाअधिवेशन सम्पन्न भएको छ । कोरियाको महानचाड छुसकको अवसरमा गत सेक्टेम्बर ९ तारिख सिओलको तोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा भएको उक्त महाअधिवेशनबाट नवनविन राईको अध्यक्षता १३ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ । समाजको बरिस्ठ उपाध्यक्षमा सुष्मा रानाहँमा, उपाध्यक्षद्धयमा दिनेश शाक्य र सुरेन्द्र बुढाथोकी,फुर्सदमा
स्याङ्जा परिवार दक्षिण कोरियाको रजतोत्सव यही सेप्टेम्बर ११ मा हुने

कोरियास्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । यही सेप्टेम्बर ११ मा सउलस्थित 서울시 중구 정동길 3-04518 경향신문사 12 층को हलमा कोरियन पर्व छुसकको अवसर पारेर सो जयन्ती मनाउने भएको हो । “कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन गरी सम्पूर्ण तयारी सहित सो कार्यक्रम गर्ने पक्कापक्की भएको संस्थाका केन्द्रीय अध्यक्ष तथाफुर्सदमा
छुसकमा नेपाली समाज दक्षिण कोरियाले प्रशिक्षण कार्यक्रम गर्ने

कोरियन चाड छुसकको अवसरमा जनता समाजवादि पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले शुभकामना अादन प्रदान,प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा गर्ने भएको छ ।सेप्टेम्बर १० मा दिङदेमुनको निक ट्राभलको अगाडिको भवनमा कार्यक्रम हुने आयोजकले जानकारी गराएका छन् । कार्यक्रमलाई मिचिगन युनिभर्सिटी अमेरिकाका प्रोफेसर तथा जसपा केन्द्रीय सल्लाहकार डा. महेन्द्र लिम्बू लावती, जसपा राजनीति समिति सदस्य तथा प्रवास संगठन ईन्चार्ज अाङकाजि शेर्पा, जसपा राजनिती सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्रफुर्सदमा