Advertisement
SKIP THIS

तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आइतवार वृहत भेलाद्वारा NCC को विधान संशोधन गरिदैँ

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विधान संसोधन गरिने भएको छ। अगस्ट १७ तारिख आइतवार वृहत भेलाले विधान संसोधन गरिने वरिष्ठ उपाध्यक्ष हर्क विष्टले जानकारी गराएका छन्। कार्यक्रम दोङ्देमुन स्थित सेमाउल बैंकको हलमा हुने तय भएको छ।   यस संस्थालाई दक्षिण कोरियामा रहेका संघसंस्थाहरुबीच एकता र सहकार्यका लागि पहल गर्ने संस्थाको रुपमा चिनिन्छ। देश प्रदेश संरचनामा गएपछि कोरियामा पनि प्रदेश स्तरिय संस्थाहरुको स्थापना भएको छ। प्रदेश स्तरिय संस्थाहरुसँग सहकार्य गर्ने गरिफुर्सदमा

कोरियामा श्रमिक तथा विद्यार्थी हेल्प डेस्क सञ्चालनमा आउने

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले आफ्नो प्रतिबद्धता अनुसार दक्षिण कोरियामा रहेका नेपाली श्रमिक तथा विद्यार्थीहरूको समस्या समाधान र सहजीकरणका लागि दक्षिण कोरियामै पहिलो पटक औपचारिक रूपमा श्रमिक–विद्यार्थी हेल्प डेस्क सञ्चालनमा ल्याउन लागेको छ । ऐतिहासिक एकता महाधिवेशनबाट निर्वाचित विपिन कुमार गुरुङको नेतृत्वमा रहेको एनआरएनए दक्षिण कोरियाले निर्वाचित भएको चार महिनाभित्रै यो महत्वपूर्ण सामाजिक कार्यको थालनी गरेको हो । यही मिति २०२५ अगस्ट १७ आइतवार, बेलुकाफुर्सदमा

कोरियामा वुद्धिचाल प्रतियोगिता हुँदै, विजेतालाई १० लाख वन पुरस्कार

दक्षिण कोरियामा पहिलो पटक वुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ। GKS कोरियाले अगस्ट ३१ तारिख किम्हेमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिताको विजेताले १० लाख वन र ट्रफी प्राप्त गर्नेछन्। द्वितिय र तृतिय हुनेले क्रमश ३ लाख वन र १ लाख वन सहित ट्रफी प्राप्त गर्नेछन्। ५० हजार वन इन्ट्री फी तोकिएको यस खेलमा अगस्ट १० देखि १६ तारिखसम्म नाम दर्ता गर्न सकिने छ। “प्रवासमा नेपाली भाईचारा र बौद्दिकफुर्सदमा

दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने

सउल, दक्षिण कोरिया – दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव२०२५ भव्य रूपमा मनाइने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियासहित १२ जातीय संस्था, फोनिज कोरिया र दुई साहित्यिक संस्थाको संयुक्त आयोजनामा यो कार्यक्रम हुनेछ। कार्यक्रम १० अगष्ट २०२५, आइतवार बिहान ११ बजे 서울특별시 종로구 종로 386, 10층, 서울 숭인병원 동묘앞역 3번 출구 मा हुनेछ। आयोजकले फोनिज कोरियालाई दिएको जानकारी अनुसार यो महोत्सवले नेपालको सांस्कृतिक पहिचानलाई विश्वमाझफुर्सदमा

‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले अञ्जिला प्रदर्शनबाट संकलन गरेको रकम अञ्जिला तुम्बापोलाई हस्तान्तरण गरेको छ। संस्थाले “अञ्जिला घर तथा फुटबल एकेडेमी” निर्माणका लागि संकलित रकम १६ लाख ६८, हजार ९ सय ४९ रुपैयाँ हस्तान्तरण गरेको छ। जुलाई २८ आ दिन किरात याक्थुङ चुम्लुङको सङ्घीय कार्यालय, ललितपुरमा आयोजित कार्यक्रममा संघीय अध्यक्ष प्रेम एक्तेन, महासचिव निरन्ती तुम्बापोको रहोवरमा चुम्लुङ कोरियाका कोषाध्यक्ष विरेन खेवा लिम्बूले स्वयम अञ्जिला तुम्बापोलाई चेक हस्तान्तरण गरेका थिए। किरातफुर्सदमा

माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता

जुलाई २७ मा, बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्ट बीच एक सम्झौता भएको छ। नेपाली समुदायहरू बीच सांस्कृतिक सद्भाव बढाउन र बहुसांस्कृतिक परिवारहरू बीचको आदानप्रदानलाई बढावा दिन “नेपाली समुदाय सद्भाव सांस्कृतिक महोत्सव” लाई संयुक्त रूपमा प्रवर्द्धन गर्न समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको छ। यो सम्झौताले महोत्सवको योजना, तयारी र कार्यान्वयनको लागि एक सहयोगी प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ, पारस्परिक सहयोग र बलियो सञ्जालहरूमा निर्माण गर्दै दुई संस्थाहरूलेफुर्सदमा

प्रवास नेपाली सम्पर्क विभाग कोरियाको दोस्रो अधिवेशन अगस्त १६ मा

  राष्ट्रिय स्वतन्त्र पार्टीको विदेश विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ। अधिवेशन अगस्त १६ तारिख शनिबारको दिन तोङ्गदेमुन स्थित छोङ्गनो कुकमिन हवोगानमा हुने भएको विभागका प्रमुख डम्बर सुब्बाले जानकारी दिएका छन्। प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको केन्द्रिय समितिको भर्चुओल मार्फत भएको बैठकले दोस्रो अधिवेशनलाई बृहत भव्य सभ्य र प्रभावकारी बनाउनलाई कार्यभारको बांडफांड गरेको छ । दोस्रो निर्वाचन आयोगको संयोजकमा बिबि सिह्, सदस्यहरुको डाटाफुर्सदमा

नेपाल मगर संघ कोरियाको १२ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा अञ्जन थापा मगर

नेपाल मगर संघ, दक्षिण कोरियाको १२औं अधिवेशन सम्पन्न भएको छ। जुलाई २० तारिख दोङ्देमुन स्थित नेपाली थाईको हलमा सम्पन्न अधिवेशनले अञ्जन थापा मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। नबिन काला मगरको संयोजकत्वमा मिना थापा मगर, टेक पुन मगर, चन्द्र राना मगर र दयाराम राना मगर सद्स्य रहेको निर्वाचन मण्डलले ३१ सद्स्यीय कार्यसमिति गठन गरेको छ। नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्य रहेको थियो। नयाँ समितीलाई निर्वाचनफुर्सदमा

NRNA कोरियाको निर्वाचन सम्बन्धि पत्रकार सम्मेलन सम्पन्न

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको दशौँ अधिवेशनको निर्वाचन सम्बन्धि पत्रकार सम्मेलन सम्पन्न भएको छ। वुद्धि गुरुङ नेतृत्वको ए आर एनको आगामी सात हुने निर्वाचनको बारेमा दोङ्देमुन स्थित रोयल इन्डियाको हलमा पत्रकार सम्मेलन गरेको थियो। सम्मेलनलाई सम्बोधन गर्दै निर्वाचन मण्डलका संयोजक लोचन राईले उमेद्वारी प्रकिया, उमेद्द्वारी माथी दावि विरोध र निर्वाचन प्रकियाको प्राविधिक सुरक्षा सम्बन्धि जानकारी गराएका थिए। साथै उनले आर्थिक प्रतिवेदन पास भए मात्र निर्वाचन प्रकृया अगाडी बढ्ने बताएकाफुर्सदमा

‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा

कोरियामा “आदिवासी जर्नल एवम स्मारिका ” विमोचन हुने भएको छ। दोङ्देमुन स्थित नेपाली थाइको सभा हलमा जुलाई २७ तारिख आइतवार दिनको १२ बजे पुस्तक सार्वजनिक गरिने आयोजकले जनाएको छ। यस पुस्तकलाई नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रकाशन गरेको हो। नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले आफ्नो मौलिक भाषा,संस्कृति,परम्परा र इतिहासलाई प्रवासमा संरक्षण एव प्रवर्द्धन गर्न, नेफिन कोरिया ,कोरियामा क्रियाशील सबै जातिय संस्थाहरुको स्थापना ,बिकासक्रम र गतिविधिलाइ दस्तावेजिकरन गर्न पुस्तकफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...