Advertisement
SKIP THIS

कोरियामा वुद्धिचाल प्रतियोगिता हुँदै, विजेतालाई १० लाख वन पुरस्कार


दक्षिण कोरियामा पहिलो पटक वुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ। GKS कोरियाले अगस्ट ३१ तारिख किम्हेमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिताको विजेताले १० लाख वन र ट्रफी प्राप्त गर्नेछन्। द्वितिय र तृतिय हुनेले क्रमश ३ लाख वन र १ लाख वन सहित ट्रफी प्राप्त गर्नेछन्। ५० हजार वन इन्ट्री फी तोकिएको यस खेलमा अगस्ट १० देखि १६ तारिखसम्म नाम दर्ता गर्न सकिने छ।

“प्रवासमा नेपाली भाईचारा र बौद्दिक विकासमा पहल” भन्ने नाराका उक्त प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ। कोरियामा रहेका नेपाली समुदायमा वौद्धिक विकास एवम मानसिक समस्यालाई कम गरि यसबाट उत्पन्न हुने दुर्घटनालाई न्युनिकरण गर्ने आयोजकको लक्ष्य रहेको छ।

GKS KOREA ले यस अघि पनि सन् २०२२ मा सबैभन्दा ठुलो घन राशिको प्रथम गिम्हे गोल्ड कप र र्यापर आशिस राना(लाहुरे) सहितको डान्स पार्टि पनि आयोजना गरिसकेको छ !
यसपटक फरक सोचका साथ कोरियामा रहेका नेपालि युवाहरुलाई बौद्दिक बिकास को हेतु राख्दै गर्न लागिएको यस प्रतियोगितामा सहभागिताको लागि सम्पुर्ण नेपालि समुदायमा आयोजकले अनुरोध गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...