प्रवास नेपाली सम्पर्क विभाग कोरियाको दोस्रो अधिवेशन अगस्त १६ मा

राष्ट्रिय स्वतन्त्र पार्टीको विदेश विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ। अधिवेशन अगस्त १६ तारिख शनिबारको दिन तोङ्गदेमुन स्थित छोङ्गनो कुकमिन हवोगानमा हुने भएको विभागका प्रमुख डम्बर सुब्बाले जानकारी दिएका छन्।
प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको केन्द्रिय समितिको भर्चुओल मार्फत भएको बैठकले दोस्रो अधिवेशनलाई बृहत भव्य सभ्य र प्रभावकारी बनाउनलाई कार्यभारको बांडफांड गरेको छ ।
दोस्रो निर्वाचन आयोगको संयोजकमा बिबि सिह्, सदस्यहरुको डाटा संकलन संयोजकमा सरोज केसी, सदस्य प्रमाणिकरण संयोजकद्धयमा हरि प्रसाद भण्डारी र बिक्रम काफले, स्वंयम सेवक परिचालन कमिटिको संयोजकमा सन्तोष डङ्गगोल, प्रचारप्रसार संयोजकमा रुपक पौडेल, अतिथी व्यवस्थापनको संयोजकमा युबिन श्रेष्ठलाई मनोनित गरेको विभागका सचिव हरि प्रसाद भण्डारीले अवगत गराएका छन्।