आइतवार वृहत भेलाद्वारा NCC को विधान संशोधन गरिदैँ

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विधान संसोधन गरिने भएको छ। अगस्ट १७ तारिख आइतवार वृहत भेलाले विधान संसोधन गरिने वरिष्ठ उपाध्यक्ष हर्क विष्टले जानकारी गराएका छन्। कार्यक्रम दोङ्देमुन स्थित सेमाउल बैंकको हलमा हुने तय भएको छ।
यस संस्थालाई दक्षिण कोरियामा रहेका संघसंस्थाहरुबीच एकता र सहकार्यका लागि पहल गर्ने संस्थाको रुपमा चिनिन्छ। देश प्रदेश संरचनामा गएपछि कोरियामा पनि प्रदेश स्तरिय संस्थाहरुको स्थापना भएको छ। प्रदेश स्तरिय संस्थाहरुसँग सहकार्य गर्ने गरि विधान संसोधन हुने बुझिएको छ। कोरियामा रहेका सरोकारवालाहरुलाई उपस्थितिको लागि आयो