प्रवास नेपाली सम्पर्क विभाग कोरियाको अधिवेशन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीको विदेश विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको दोस्रो अधिवेशनको मिति परिवर्तन हुने भएको छ। प्राविधिक समस्याले गर्दा अधिवेशन स्थगित गर्न परेको विभागका प्रमुख डम्बर सुब्बाले जानकारी दिएका छन्।
अधिवेशन अगस्त १६ तारिख शनिबारको दिन तोङ्गदेमुन स्थित छोङ्गनो कुकमिन हवोगानमा हुने तय भएको थियो। अर्को सूचना प्रकाशित गरेर अधिवेशनको मिति जानकारी गराइने विभागका प्रमुख सुब्बाले फोनिज कोरियालाई अवगत गराएका छन्।