‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले अञ्जिला प्रदर्शनबाट संकलन गरेको रकम अञ्जिला तुम्बापोलाई हस्तान्तरण गरेको छ। संस्थाले “अञ्जिला घर तथा फुटबल एकेडेमी” निर्माणका लागि संकलित रकम १६ लाख ६८, हजार ९ सय ४९ रुपैयाँ हस्तान्तरण गरेको छ।
जुलाई २८ आ दिन किरात याक्थुङ चुम्लुङको सङ्घीय कार्यालय, ललितपुरमा आयोजित कार्यक्रममा संघीय अध्यक्ष प्रेम एक्तेन, महासचिव निरन्ती तुम्बापोको रहोवरमा चुम्लुङ कोरियाका कोषाध्यक्ष विरेन खेवा लिम्बूले स्वयम अञ्जिला तुम्बापोलाई चेक हस्तान्तरण गरेका थिए।
किरात याक्थुङ चुम्लुङ कोरियाले चलचित्र अञ्जिलालाई गत मार्च र अप्रीलमा कोरियाभरी प्रदर्शन गरेको थियो।
चलचित्र ‘अञ्जिला’ अञ्जिला तुम्बापो सुब्बाको संघर्ष, प्रेरणा र योगदानमाथि आधारित जीवनी चलचित्र हो, जसले नेपाली महिला फुटबल र सामाजिक क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने विश्वास लिइएको छ।