तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
जिन्दगीको जेब्रा क्रसिङ

यतिखेर पैदल सडकको किनारमा उभिएर वेगले दौडिरहेका छन यी नयनहरु निशाना बिहिन तिम्रो पाइलाहरुमा सोचिरहेको छु, कहाँबाट छुट्यो हाम्रो यात्रा छुटाउने त्यि दोबाटो त्यही होलान कि बसाइ सरिसक्यो होला? अनियन्त्रीत हुन खोज्दैछ उत्सुकताको लहर प्रश्नहरु आन्दोलन मच्चाइरहेकाछन मनको डबलीमा समय किन पटकपटक छल गर्दैछ म संग नियती किन परीक्षा लिइरहन्छ बेला बेला फेरि किन उभ्याइदियो सडकको दुई किनारमा अनुभूत मात्रै पनि गर्न नपाइने मृगतृष्णा झै बिलिन दृष्यहरुमा । आन्दोलित प्रश्नहरुलाइफुर्सदमा
सकुनि छिमेकी

मुखमा राम राम बगलीमा छुरा नियति बोकेर बसेको छिमेकी अप्ठ्यारोमा खुट्टा तान्छ पीडामा नून चूक छर्कन्छ उ नै नजिकको छिमेकी भन्नु परेको छ उसैको असल छिमेकी बन्नु परको छ सँधै छिमेकीको नाता राख्नु परेको छ उस्को नियत सबै सहिदियो भने उ खुशी हुने छ गुनगान गाउने छ तर म मेरो स्वाभिमान माथी टेक्नेलाई वीरताको गाथा बोकेको बहादुरी देखाउने छु संसारले फेरी भन्ने छ वीर गोर्खाली ! आत्मारक्षाको लागी म संगफुर्सदमा
क्याकटस फूल

हरियालीमा फुल्ने फूल हूँ म फरक यति मरुभूमिको बालुवामा सरेको छु डाली डाली सम्झनाहरुमा ऊनिएर सजाएकी छु मनको क्यानभाषमा , कहिलेकाहीँ हावाको एक झोकाले झस्काई दिन्छ सुषुप्त हुन्छु रोकिन्छ पादचाप … अपसोच! कतै ढलिगए मनको धरहरा एउटा सिंड्गो जीवनचक्र ढल्नेछ मसँग रहेका सम्झनाहरु छुट्नेछन् क्यानभाषमा सजिएका सुन्दर आकृती टुट्नेछ अनि म हुनेछु शून्य, उजाड रेगिस्तानमा हराई रहेको लामबद्ध पैतालाका छाप जस्तै. एऊटा धमिलो सम्झना भोकको लय,जीवनको शिली हाय! कति पट्यारलाग्दोफुर्सदमा
गजल – भन्न त छिट्टै फर्की आउछु भनेको थिएँ

भन्न त छिट्टै फर्की आउछु भनेको थिएँ सके दुई चार पैसा कमाउछु भनेको थिएँ घडालाई दाहिने पारि घर छोड्दै गर्दा पुगेर सकुशल खबर पठाउछु भनेको थिएँ बर्खा लाग्यो छानो चुहियो भन्दै हुनुहुन्थ्यो बा यसपाली त नयाँ छानो छाउछु भनेको थिएँ म त ठुलै अपराधी ठहरिएछु देशको नजरमा चलुन्जेल यी चार पाउ यहि चलाउछु भनेको थिएँ हातमा राहधानी थमायो र कटायो सिमाना आफ्नै माटोमा पसिना बगाउछु भनेको थिएँ
मृत्यु,मृत्यु नै हो सरकार !

म मजदुर ! माहामारीको प्रतिबन्धमा परेको छ बिहान कमाएर बेलुकी खानु पर्ने पेट प्रकोपबाट छलिन प्रतिबन्ध भएको छु रित्तो कोठा भित्र दु:खको आँशु उमालेर ! माहामारीले छुनु अगाडी भोकमारीले लगेन भने त माहामारीबाट भागुँला तर … भोकमारी बलवान भएर आयो भने पहिला भोकमारीसंगको लडाइँ हुने छ मृत्यु माहामारीमा होस या भोकमारीमा मृत्यु मृत्यु नै हो सरकार ! माहामारीको प्रतिबन्धमा परेको छ राजधानीमा मेरो दैनिक मजदुरी! रोग र भोक प्रतिस्पर्धी भएरफुर्सदमा
शुभकामना !

यो संसारको सबैभन्दा सुन्दर मान्छेहरु यो संसारको सबैभन्दा असल मान्छेहरु यो संसारको सबैभन्दा इमान्दार मान्छेहरु यो संसारको सबैभन्दा कर्मशिल मान्छेहरु यो संसारका सर्वहाराहरु श्रमिकहरु मजदुरहरु आजको दिन तिमिलाइ शुभकामना अर्थात, मजदुर दिवशको शुभकामना । इतिहासको अनेकौं कालखण्डदेखी यो शताब्दिको उत्तरार्धसम्म आइपुग्दाको समय जन्मिएको क्षणदेखी मृत्युअघिको पल सम्मको समय त्यि अथाह समयहरु कहिल्यै आफ्नो हुन पाएन कहिल्यै आफ्नो हुन दिइएन त्यि बेहिसाब अन्तरद्वन्द्वको गर्भबाट जन्मिएको संघर्षको अनगिन्ती भट्टिहरुमा खारिदै खारिदै आजकोफुर्सदमा
समयको खेल (कविता)

खै म लासको चाङ्गमाथि उभिएर कसरी शीर ठाडो पारी आकाशतिर हेरुँ ती चम्कीरहेका ताराहरु अनी धपक्क बलिरहेको चन्द्रमा परिवर्तन समयको दासी मानव भोग्नुपर्छ उतारचढाव नियतिको झेल नेल जेल सबै सबै संसार छाड्नेहरु छाडीरहेछन् थाहा छैन, उनिहरु स्वर्ग मा पुगे या नर्क बाँच्नेहरु पनि सबै सबै बन्धकमा छन् डरमा छन् त्रासमा छन् आशुँ र पीडै पीडामा छन् कोही भोकले छ्टपटाई रहेछ कोही रोगले छटपटाई रहेछ कोही परदेशमा रोई रहेछ अझ सारादुनियाफुर्सदमा
मन संगकाे नाता (कबिता)

जीवन भरी साथ दिन्छु भनी खाको कसम, दोबाटो मै छुट्नु पर्ने झुटो जस्तो लाग्यो! हास्थे अनि हसाउथे मनमा पीडा लुकाएर , निरास छु पीडा थैली फुटे जस्तो लाग्यो! हास्न पनि सक्दिन म मन खुलेर रुन पनि, अन्धकार मा सबै रहर टुटे जस्तो लाग्यो ! अजम्बरी मायामा खै कस्को पो नजर लाग्यो, सन्सार सारा सबै एकै पटक जुधे जस्तो लाग्यो मन देखि मन सङ को नाता टुटे जस्तो लाग्यो । दिलिपफुर्सदमा
मजदुरको देश

यो अनन्त समयलाइ खण्ड खण्ड पारेर रात र दिनमा भाग लगाएको यो २४ घण्टामा कती घण्टासम्म मानवयन्त्र बनें मलाइ त्यति होस छैन तर आजको दिनले अलिकती समय मेरो भागमा दया गरिदिएको छ र त एकोहोरो सोचिरहेको छु म यो दुर्लभ दुर्सदको समयमा एउटा मजदुरको बारेमा अर्थात मेरो आफ्नै बारेमा । आदिम साम्यबादबाट सुरु भएको मानव सभ्यताको त्यो यात्रा दास युग संगै थुप्रै चरणलाइ चिहानमा पुर्याएर यतिबेला उभिएको छ आधुनिक दास-मालिकफुर्सदमा
नवराजहरुका उपस्थितीका लागि बहस हुनु पर्छ

म नागरिक हुँ नवराजहरुका उपस्थिती का लागि बहस हुनु पर्छ मेरो देश म नागरिक हुँ येस्तो देशको जहाँ नारी नेत्रित्व हरु नारीका अश्मितामा भन्दा धर्म ग्रन्थ मा बहस गर्छन् हिजो निर्मलाका न्याएका लागि पुरुष पात्रपात्रहरु कन्चपुर् सँग सिङो देश हल्लाउथे त्यसैले अब एउटा प्रश्न मनमा उब्जेको छ तिम्रो संसदको बैठकहरुमा निर्मला जस्ता बेदान्त कथा हरुमा ट्याक्कै बहस कती भये ? समयए परिस्थितीमा धर्म अधर्म त के हो र ??? समाजफुर्सदमा