गजल – भन्न त छिट्टै फर्की आउछु भनेको थिएँ

भन्न त छिट्टै फर्की आउछु भनेको थिएँ
सके दुई चार पैसा कमाउछु भनेको थिएँ
घडालाई दाहिने पारि घर छोड्दै गर्दा
पुगेर सकुशल खबर पठाउछु भनेको थिएँ
बर्खा लाग्यो छानो चुहियो भन्दै हुनुहुन्थ्यो बा
यसपाली त नयाँ छानो छाउछु भनेको थिएँ
म त ठुलै अपराधी ठहरिएछु देशको नजरमा
चलुन्जेल यी चार पाउ यहि चलाउछु भनेको थिएँ
हातमा राहधानी थमायो र कटायो सिमाना
आफ्नै माटोमा पसिना बगाउछु भनेको थिएँ