Advertisement
SKIP THIS

मजदुरको देश


यो अनन्त समयलाइ खण्ड खण्ड पारेर
रात र दिनमा भाग लगाएको यो २४ घण्टामा
कती घण्टासम्म मानवयन्त्र बनें
मलाइ त्यति होस छैन
तर
आजको दिनले अलिकती समय
मेरो भागमा दया गरिदिएको छ
र त एकोहोरो सोचिरहेको छु
म यो दुर्लभ दुर्सदको समयमा
एउटा मजदुरको बारेमा
अर्थात मेरो आफ्नै बारेमा ।

आदिम साम्यबादबाट सुरु भएको
मानव सभ्यताको त्यो यात्रा
दास युग संगै थुप्रै चरणलाइ चिहानमा पुर्‍याएर
यतिबेला उभिएको छ
आधुनिक दास-मालिक ब्यबस्थामा

यो आधुनिक बिश्वको निर्माता को हो?
आदिम युगदेखी मानव सभ्यतालाइ
डोहोर्‍याउदै यहासम्म ल्याउने को थियो?
र कसले थाम्यो त्यो क्रुर समयको भार?

इतिहासको कहाली लाग्दो यी
अनुत्तरित प्रशनहरुमाथि
न्यायोचित जवाफको
ब्यग्रताको यो क्षण
लाग्छ,भङ्ग गरिदिउं

भनिदिउं यो सबका सब मैले गरेको हुं
सुनाइदिउं फैसला आफ्नै पक्षमा
म जस्तै म हरुको पक्षमा
अर्थात मजदुरहरुको पक्षमा ।

प्रीय स्पार्टाकस
यतिबेला म आफैभित्र जलिरहेको छु
उकुसमुकुसमा बांचिरहेको छु
आत्मग्लानिले गिजोलिरहेको छ
मैले किन उठाउन सकिन तिम्रो विरासत
यो आधुनिक दास मालिक ब्यबस्थाको सामु
किन निरीह छु म?
समयको यो प्रश्नै प्रश्नहरुको जुलुसले
घेरिएको छु म
थलिएको छु म
बांधिएको छु म
प्रीय स्पार्टाकस
तिमिसंग क्षमा त माग्दिन
बरु अलिकती साहस थपिदेउ ममा
किनकी,
म अन्तिम प्रयास गर्ने योजनामा छु
तिम्रो विरासत दुरुस्तै उठाउन

तिम्रो सन्तानहरुलाइ जस्ताको तस्तै
तिम्रो ईतिहास बुझाउन ।

मेरै जस्तो धरातलमा उभिएका
यो बिश्वको खरबौ खरब म जस्ताहरु
कहाँ कहाँ जन्मिएर
समयको कस्तो कस्तो
अवयबहरुको सामना गर्दै
यतिबेला
कहाँ कहाँबाट के के सोचिरहेका होलान?
के उनिहरु पनी म जस्तै
आफ्नै बारेमा सोचिरहेका होलान?
अर्थात,
आधुनिक दासहरुको बारेमा सोचिरहेका होलान?
के उनिहरु पनि त्यहि सोचिरहेका होलान?
त्यि अनुत्तरित प्रशनहरुको मुद्दालाई
सुनाइदिउं फैसला मजदुरहरुको पक्षमा
यदि त्यसो सोचिरहेको छ भने
म आह्वान गर्न चाहन्छु
आउनुस सहमतिमा हस्ताक्षर गरौं ।

के यत्ती सोच्नको लागि देश चाहिन्छ र?
देश त त्यसलाइ चाहिन्छ
जसलाइ शोषणको नशाले
उठ्नै नसक्ने गरि गांजेको छ
आखिर कहाँ छ मजदुरको देश?
मजदुरको लागि यो सिङ्गो विश्व आफ्नो देश हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...