Advertisement
SKIP THIS

क्याकटस फूल


हरियालीमा फुल्ने फूल हूँ म
फरक यति मरुभूमिको बालुवामा सरेको छु
डाली डाली सम्झनाहरुमा ऊनिएर
सजाएकी छु मनको क्यानभाषमा ,

कहिलेकाहीँ
हावाको एक झोकाले झस्काई दिन्छ
सुषुप्त हुन्छु रोकिन्छ पादचाप …

अपसोच!
कतै ढलिगए मनको धरहरा
एउटा सिंड्गो जीवनचक्र ढल्नेछ
मसँग रहेका सम्झनाहरु छुट्नेछन्
क्यानभाषमा सजिएका सुन्दर आकृती टुट्नेछ
अनि म हुनेछु शून्य,
उजाड रेगिस्तानमा हराई रहेको लामबद्ध पैतालाका छाप जस्तै.

एऊटा धमिलो सम्झना
भोकको लय,जीवनको शिली
हाय!
कति पट्यारलाग्दो कठोर निर्वासन ?

जीन्दगी कठोर छ-र त
आहा!
जीन्दगी कति रमाइलो पनि छ,,,

कहिले-काहि
जीन्दगी नोष्टालिज बन्छ
बाल्यकालका सम्झनाहरू
साथी संगीको याद
बाबा,आमाको स्नेह
प्रियतमको प्रेमिल साथ
जीवनको अकरे बाटोहरू
र खुशीका पलहरु
सजिन्छ मानसपटालको क्यानभाष भरिका भरि…

त्यसैले त फूल्न सकेको छु
सुख्खा बगरहरूमा
मनको घाँसे मैदानहरूमा
रेगिस्तानी क्याकटस फूल बनेर ।

ए बतास!
बिस्तारै आउनु तिमी
मलाई मन्दमन्द स्पर्श गरेर जानू
मैले फूल्नु छ,फल्नु छ
ब्रह्माण्डको जीवनचक्र चलाऊनु छ-
त्यसैले त
रेगिस्तानको वगर उताउतासम्म फूलेको
तिम्रै प्रिय क्याकट्स फूल हूँ म।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...