Advertisement
SKIP THIS

शुभकामना !


यो संसारको सबैभन्दा सुन्दर मान्छेहरु
यो संसारको सबैभन्दा असल मान्छेहरु
यो संसारको सबैभन्दा इमान्दार मान्छेहरु
यो संसारको सबैभन्दा कर्मशिल मान्छेहरु
यो संसारका सर्वहाराहरु
श्रमिकहरु
मजदुरहरु
आजको दिन
तिमिलाइ शुभकामना

अर्थात,
मजदुर दिवशको शुभकामना ।
इतिहासको अनेकौं कालखण्डदेखी
यो शताब्दिको उत्तरार्धसम्म आइपुग्दाको समय
जन्मिएको क्षणदेखी मृत्युअघिको पल सम्मको समय
त्यि अथाह समयहरु कहिल्यै आफ्नो हुन पाएन
कहिल्यै आफ्नो हुन दिइएन
त्यि बेहिसाब अन्तरद्वन्द्वको गर्भबाट जन्मिएको
संघर्षको अनगिन्ती भट्टिहरुमा खारिदै खारिदै
आजको सिङ्गो एक दिन
तिम्रो आफ्नो भएको हो
यो संसारका सर्वहाराहरु
श्रमिकहरु
मजदुरहरु
तिमिलाइ शुभकामना ।

यो संसारको लाखौ दुरदराजको बस्तिभित्र
आफ्नो लालाबालाहरुलाइ
झुप्रोबाट छर्लङ्ग देखिने
ताराहरुसंग टोलाउन लगाएर
बुर्ज खालिफा देखि लोट्टे हुँदै
र्‍याफल सिटि बनाउन
पंक्तिबद्ध उभिन पुगेका
त्यि महान बुवाहरु,
छोराको फुटबल खेल्ने रहरलाइ
पुरा गर्ने सामर्थ्य नपुगेपछि
निरीहबोधको अनुहार बोकेर
सन्तानको माग सम्बोधनको सुचिमा राख्दै
विशाल रंगशाला निर्माणमा पुगेर
आफैलाइ भोग चढाएका
रुपचन्द्र रुम्बा र उनका हजारौ सहकर्मिहरु,

यतिबेला –
म किङ्कर्तब्यबिमुढ छु,
आफैसंग नाजवाफ छु
यी ठेलिका ठेली इतिहसको पानाहरुमा
किन अटाइएनन तिम्रो नाम?
किन कोहि गाउन चाहदैनन तिम्रो जीवनको गीत?
किन कसैले लेख्न चाहेनन
आफ्नो उपन्यासको विम्बमा
तिम्रो संघर्षको कथा?
किन कुनै पत्रीकाले छाप्न मानेन?
किन कुनै रेडियोले पुर्‍याउन आनाकानी गर्‍यो
दुरदराजको बस्तिभित्रको झुप्रोसम्म?
तिम्रो मृत्युको खबर?

हजारौ बर्षदेखी
गिजाको चिहानमाथी निष्फिक्री उभिरहेको
पिरामिडको पिरा बनिरहेको दासहरुको खप्परमा,
इसाको कयौं सताब्दी अघिदेखी
नागबेली हुँदै पुर्ब पश्चिम दौडिरहेको
ग्रेटवालको प्रत्येक सिंढिहरुमा आफैलाइ बिछ्याएर
लाखौं खुट्टाहरुको बोझ बोकिरहेका
मजदुरको करङको हड्डिहरुमा,
बुर्ज खालिफा,आइफिल र
लोट्टे टावरहरुलाइ बोकेर उभिइरहेको
आधुनिक दासको नलिहाडहरुमा
किन जाग्दैनन तिनको प्रेत देह ?
किन प्रकट गराउदैन आफ्नो अदृष्य स्वरुप र
भत्काउदैनन आफैमाथी गरेको
शोषणको चक्रहरुलाइ,
किन चर्काउदैनन पुंजिबादी आडम्बरको
घिनलाग्दो अनुहार?
यो संसारका सर्वहाराहरु
श्रमिकहरु
मजदुरहरु
यी अनुत्तरित प्रश्नहरुको घेराबन्दिबाट नै सहि
तिमिलाइ शुभकामना ।

तर
याद रहोस,
यो समय तिमी निश्चिन्त बस्ने समय होइन
तिम्रो स्वतन्त्रताको यो एक दिन
तिमी बांचेको समयभित्रको
तिम्रो आफ्नो यो आजको दिन
तिम्रो भएकोमा रिस उठेको छ उनिहरुलाइ
तिमिबाट खोस्नको लागि भयानक षड्यन्त्र हुदैछ
संसारभरिबाट एक ठाउमा भेला भएका छन
तिम्रो दुस्मनहरु
र निर्माण गर्दैछन अत्याधुनिक अस्त्र
जो तिमि बिरुद्धको युद्धमा प्रयोग गरिनेछ
जसरी गरिएको थियो
शिकागोमा वारपारको युद्ध लडिरहेको
तिम्रो पुर्खाहरुमाथि
यो संसारका सर्वहाराहरु,
श्रमिकहरु
मजदुरहरु
तिमी प्रतिरक्षाको निम्ति तयार रहनु
तिमिलाइ शुभकामना ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...