नवराजहरुका उपस्थितीका लागि बहस हुनु पर्छ


म नागरिक हुँ
नवराजहरुका उपस्थिती का लागि बहस हुनु पर्छ

मेरो देश
म नागरिक हुँ
येस्तो देशको
जहाँ नारी नेत्रित्व हरु
नारीका अश्मितामा भन्दा
धर्म ग्रन्थ मा बहस गर्छन्
हिजो निर्मलाका न्याएका लागि पुरुष पात्रपात्रहरु
कन्चपुर् सँग सिङो देश हल्लाउथे
त्यसैले अब
एउटा प्रश्न मनमा उब्जेको छ
तिम्रो
संसदको बैठकहरुमा
निर्मला जस्ता बेदान्त कथा हरुमा
ट्याक्कै बहस कती भये ?

समयए परिस्थितीमा
धर्म अधर्म त के हो र ???
समाज र अर्थ सँग गाँसिएर
धर्म र ग्रन्थ हरु बने
ऐले मात्र किन हो र ???
खाडीका घामहरु मा
कुनै परदेशी भुमीमा
चोट र बेदनाका बिस्कुन हरुमा
नारी बेदना हरु
हर रात
अनी दिन हरुमा
तप तप चुही रहन्छन्
मै हुँ भन्ने यि नारी नेत्रित्व
ति त्यस्ता कथाहरु मा ट्वीस्ट दिन
कहाँं कती के छन्
किन बहस हुँदैन ??

श्वासथानीमा महिला हिँसा देख्ने नारी
पार्वतीको आत्मसम्मान जोगाउन
जाल्न्धर हरुको बली दिने
किराती महादेव को चर्चा हुँदैन
न त
नारी अश्मिता लुट्न उक्साउने
ब्रिन्दाका
निक्रिस्त कथामा
आलोचना र टिप्पणी
नै हुने गर्छ

पुरुष भक्ती र भजन त
म पनि गर्दिन
तर प्रशन उठ्छ फेरी पनि
श्व मननका श्वामिनी स्वस्थानी बाट अभिप्रेरित
च्नद्रावतीका
कथाहरुमा किन बहस हुँदैन ?
त्यसैले
खुलेर भन्छु
यहाँ आमालाई सम्मान दिने
बाबुको कुल उद्दार नायेक्
प्रेमी श्रीमान को गौरव
नवराज हरुका कथाहरु मा
हुँदैन बहस कहिले
बहस हुन्छ त केवल
घमण्डी गोमा र,
घमन्ड तोड्ने शिव शर्मा ब्राह्मनका कथा
अनी कथा सँग गान्सिएका पात्र हरुका

आफ्नै सन्तान लाई न्याए दिन नसक्ने
प्रजापति दछ्यको आलोचना भन्दा
आफ्नी श्रीमतिको प्रेमी
शिवको निन्दा बहुत हुन्छ
हेर्दैन त्यो उल्टो आँखा
सती को अस्तित्वका लागि लडेका युद्द
न त देख्छ आँखा
बोक्दै हिंडेको काँध शिव का
देख्छन त आँखा
मात्र
जल क्रिडा
भाङ धतुरो
प्रेम क्रिडा र गोमाका कथा हरु
किनकी
शायद
नारी अश्मिता अचेल
नवराज
पुत्र पति र राजा भन्दा
जालंधरहरु का कथामा बढी केन्द्रित छन्
चेतनशिल मनहरु का लागि त
श्री स्वस्थानी
मानब मात्रका लागि संबिधान हुन
मनहरु चलाऊनका लागि
घरहरु चलाऊन का लागि
समाज राष्ट्रहरु मा
महिला मात्रका सम्मान
अनी आत्मसम्मन का लागि
त्यसैले त अचेल
सँसद हरुमा
श्री स्वस्थानी का पाना हरु च्यात्ने
ठुला ठुला बहस हुणे गर्छ

हो,
त्यसैले त अचेल
ठुला ठुला बहस हुणे गर्छ
धर्म अर्थ काम र मोछ्यका
हाम्रा मौलिक पुर्बिये सँस्कार भन्दा
देशका नाएक हरु
गुलाबका पात हरु सँग
के जाती पो भन्छण्
भ्यलेन्टाइनमा ब्यस्त
हुन्छन ….
बहस हुन्छ
फेस बुकका भित्ताहरु
गुलाबका बुटाहरु बाट झिल्मिलाउछन
म त भन्छु
प्रेम गुलाफ सँग होस् वा ग्रन्थ सँग
तर प्रेम सिङो र सङ्लो
हुनु पर्छ
मैलो फाटेको सिरक छोप्न
सुकिला खोलहरु ओढाये झै
बारम्बार र
फरक फरक
खोल नबनोस प्रेम
किनकी
हे नारी महात्म्ये
जालण्धर् हरु लाई जन्माउने ब्रिन्दा हरुको जमातमा
अल्मलिदै यो संसार
नारी अश्मिता खोज्न
तिमीले
तिम्रो सँसद
र देश हरुले
धतुरोमा मस्त शिवजी लाई छोडेर
सती पार्वती गोमा

चन्द्रावतीहरु लाई
न्याये आत्मसम्मान
प्रेम र शुरक्षा दिने
आधुनिक मात्र होइन
मानव र प्राणीहरुका लागि
हरेक युगमा
श्री महादेव र नवराज हरुका उपस्थिती का लागि
माग
महात्म्य र कथाहरु मा
बहस हुनु पर्छ
किनकी यो युगहरु मा
हरेक युग हरुमा
अझै पनि दछ्य प्रजापति हरु ज्युदै छन

जन्मिदै छन् र जालंधरहरु
त्यसैले त
अब महादेवहरु को बहस हुनु पर्छ
नत्र परदेश
श्वदेश भुमी मा
नारी अश्मिता लुटाउने ब्रिन्दाहरु

ब्रिद्धाश्रम पुर्याउने सन्तानहरु ले
नबराजका कथाहरु
अझै अझै
ओझेली मा पार्ने छन्
त्यसैले
फेरी पनि भन्छु म
ए नेत्रीत्वमा रहेका नारी हरु
अब
नवराजहरु का कथाहरु मा
ट्वीस्ट दिएर
पार्वतीका ब्यथा र,
सतिका सुर्ता हरुमा
तिम्रो सँसद मा चर्को बहस हुनु पर्छ
रुपान्तरित यो नब युग मा
आमा र नारी मात्रा का लागि
नबराजहरु को
नब उपस्थितीका लागि बहस हुनु पर्छ । ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...