तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
गजल
सुब्बा डम्बर गाउँघर अन्धकार भो, जुन लिन आए प्रदेस साझबिहान भान्साको, नुन लिन आए प्रदेस ! नयनबाट भेल बग्थ्यो, आमा सधैं रित्तो देख्दा पसिना र खुन साटी सुन लिन आए प्रदेस ! पुष माघको सिरेटोले बाबालाई लानै खोज्थ्यो बाबालाई बचाउन, उन लिन आए प्रदेस ! मेरो घर टेकेपछी,हास्नै भुली कालिलेनी ओठमा हासो दिनलाई,धुन लिन आए प्रदेस ! बैनी मरिन घरैमा,ज्वाइले दाईजो नपाएर न्याय पाउन अदालतको,सगुन लिन आए प्रदेस ! तिहारफुर्सदमा
नेसासको दोस्रो साधारण सभा सम्पन
सोल – थेगुको बालाजी रेस्टुरेन्टमा बसेको नेपाली साहित्य समाज दक्षिण कोरियाको दोस्रो साधारण सभाले कल्पना राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ | निबर्तमान अध्यक्ष प्रविन राईको अध्यक्षता भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रगति राईलाई सम्मान पनि गरिएको थियो | कोरिया रहेका साहित्यकार , साहित्यानुरागी लगायत अन्य पेशाकर्मी बृहत उपस्थिति रहेको उक्त कार्यक्रममा रचना बाचन पनि गरिएको थियो | नयाँ कार्य समिति निम्न छन् – अध्यक्ष – कल्पना राईफुर्सदमा
कबिता

मेरो कबितामा तिमी छौ कल्पना राई”खुशी” तिमीलाई सम्झेर कबिता लेख्नु को मज्जा नसोध तिमीलाई कल्पेर गजल कोर्नुको मज्जा नसोध नसोध तिमी कविताका भाब नसोध गजलका शेरहरु जो तिमीमा समर्पित छन जो तिमीमा समाहित छन जो तिमीद्वारा श्रिङ्गारिक छन जो तिमीद्वारा पूर्ण छन हो, मेरा हरेक रचनाहरु मेरा हरेक सिर्जनाहरु तिमीबाटै सुरु हुन्छन तिमीबाटै अन्त्य पनि ……… जसरी लाखौ फूलहरुको सुगन्ध, पवन बाट छुट्याउन सकिन्न जसरी आकाशबाट , घाम जून हटाउनफुर्सदमा
जेजु टापूलाई फन्को मार्दा (नियात्रा)
बाला राई दक्षिण कोरिया-म हिमालको फेदीमा जन्मेको मान्छे । गगनचुम्बी पहाडसँंग लुकामारी खेल्दै हुर्किएँ । छङछङाउदै बग्ने ठाडो खोला र छहराहरुमा पौडिन्थें तर छाती चौडा पारेर तरंगित हुँंदै ठप्प अडिए झैं लाग्ने निलो सागरलाई नजिकबाट चुम्न पाएकी थिइन । कोरियामा पहिलोपटक समुद्रको नजिक पुग्दा म खुशीले रमाइकी थिएँ । अझ कोरियाको एउटा प्रान्त जेजु टाँपू घुम्न जाने कुराले मभित्र खुशीको सिमा रहेन । चारैतिर समुद्रले घेरिएको समुद्रको बिचमा उठेको सानोफुर्सदमा
बसन्तको रात

कल्पना राई ‘खुशी’ प्रकृतिमा नाङ्गिएर उभिएका कंकाल रुखहरु डाली डालीमा मुना पलाउदै छन आँगनीमा राखिएको निर्जीव गमला छाती भरी पुरानै बिरुवा उमार्न अभ्यस्त छिन पश्चिम भएर बहने पवन हिजो आज पूर्व तिरबाट भएको प्रतित हुन्छ फगत एउटा मेरो मन अनकन्टारमा त्यतैकतै छट्पटी रहेछ माया फुलाउन नसकेर बिश्वास चुलाउन नसकेर सायद, मधुरो प्रेमको प्रतिबिम्ब भुलाउन नसकेर आँशुका आहालमा छट्पटी रहेछ यो मन ……… आत्मा पनि निस्सार रित्तो रित्तो भएको छ मन्दिरकोफुर्सदमा
कोरियामा तुषारापात सपनाहरु ( कविता )
निश्चल काउचा एक पेरुङ्गो सपना बोकेर सगरमाथाको शिर नाघेर कोरिया आएको उ मन्द बिष युक्त कारखानामा दिन रात नभनि भोलिको मिठो सपना बोकी अमिलो किम्चीसंगै दूई गास भातले एक मुट्ठी सास धानेकै थियो सायद भात भन्दा धेरै तिखो र तितो बात खायो सपना देख्नु र भोग्नुमा फरक हुदो रैछ क्यार डिग्रीको सर्टिफिकेट फ्याकेर सुनौलो सपना साचेर कोरिया हानिएको उ जिन्दगीसंग किन हार्यो शिशिरमा कठाङग्रिने हिंउले खाएर टङग्रिनफुर्सदमा
पीडा (कविता)
अमृत राना सोंचेको थिएँ यी पौरखी हातहरू राष्ट्र निर्माणमा लगाउछु भनेर थोपा-थोपा रगत र पसिनाहरू राष्ट्रकै लागि बगाउछु भनेर! सोंचेको थिएँ मेरा उत्साह जोश अनि जाँगरहरू राष्ट्र निर्माणमा खर्चिन्छु भनेर कर्ण-कर्ण मांसपेशीहरू राष्ट्रकै लागि चलायमान् गर्छु भनेर ! सोंचेको थिएँ हरेक पल राष्ट्र निर्माणमा लगाउछु भनेर राष्ट्रले मागे जीवन उत्सर्ग गर्छु भनेर, तर आज विवश छु यी राष्ट्रवादी हातहरू राष्ट्रियताले भरिएका रगत रफुर्सदमा
ढलेका सपनाहरू (कविता)
अमृत राना म, सपना देख्दै थिएँ तेन्जिङ बन्दै थिएँ सगरमाथा चढ्दै थिएँ अचानक हिमपहिरो खसेझैँ भयो म झस्किएर बिउँझिएँ आफैलाई हेरेँ फगत एकसरो ओछ्यानमा पुरानो सिरानी अनि सिरकमा थर्थर काँप्दै गुट्मुटिएको देखें ! म, सपना देख्दै थिएँ निर्मल अनि स्वच्छ नदी भई हजारौँ माइल यात्रा तय गर्दै थिएँ अचानक चट्याङ परे झै भयो आकाश खसे झैँ भयो म झस्किएर बिउँझिएँ आफैलाई हेरेँ पसिनाले भिजेको थिएँ तीर्खा लाग्यो पानी खोजेंफुर्सदमा
'उठ जाग'(गीत)
ऐश्वर्य श्रेष्ठ,सोल- आउ उठ जाग विकासको पथमा लाग एकतामा शक्ति हुन्छ हातमा हात राख हामीले नगरे, कसले गर्छ हाम्रो काम मेहनत नगरी, त्यसै कहां मिल्छ इनाम बोलेर केही हुन्न, गरेर देखाउनुपर्छ । श्रम गरेर आफनो गन्तव्यलाई भेटाउनुपर्छ । सृष्टिको सुन्दर फूल हामी, सिर्जनशील हुनुपर्छ । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक हुनुपर्छ । धरतीको माटोमा मिल्ने सांचो नेपाली बन सगरमाथा झै उचो राख, राष्ट्रको स्वाभिमान ।
‘उठ जाग'(गीत)
ऐश्वर्य श्रेष्ठ,सोल- आउ उठ जाग विकासको पथमा लाग एकतामा शक्ति हुन्छ हातमा हात राख हामीले नगरे, कसले गर्छ हाम्रो काम मेहनत नगरी, त्यसै कहां मिल्छ इनाम बोलेर केही हुन्न, गरेर देखाउनुपर्छ । श्रम गरेर आफनो गन्तव्यलाई भेटाउनुपर्छ । सृष्टिको सुन्दर फूल हामी, सिर्जनशील हुनुपर्छ । उद्देश्य के लिनु उडी छुनु चन्द्र एक हुनुपर्छ । धरतीको माटोमा मिल्ने सांचो नेपाली बन सगरमाथा झै उचो राख, राष्ट्रको स्वाभिमान ।