Advertisement
SKIP THIS

तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बुद्धले भरिएको देश(विचार)

  अभिषेक राजबाहक- मलाई लागेको थियो बुद्ध एउटा मात्र थिए भनेर तर आज यो मधेस आन्दोलनले स्पष्ट गराउदैछ कि यहा हजारौ लाखौ बुद्ध हरू रहेछन्! जो मानिसद्वारा मानिस जलाईए पनि, मानिसद्वारा मानिस मारीए पनि, बिदेशी शक्तिले हस्तक्षेप गरेपनि, आज सबै मौन छन् ! शान्त छन् ! आज जनताद्वारा जनतालाई प्राप्त दुःखको कारण कसलाई मान्ऩे? ती आन्दोलनकारीलाई? जसले आफ्ऩो हक मागेका छन्! जसले ज्यान जोखिममा पारेर आफ्ऩो आउने पुस्ताका निमित भनिफुर्सदमा

ईश्वर (कविता )

          मान्छेहरु हिडदा हिड्दै बाटो बिराए पछि आफु हराएको सुचना आफै निकालेर जगत भरि हल्ला फिजाउछन   चेतनाहिन ढुङ्गा ढोग्दै पाप पखालिएको भ्रममा पर्छन र आफुले आफैलाई महान ईश्वरवादी घोषणा गर्दछन   मन्दिर बाहिर दुई / चार पैसा दु:खीलाई दिदा मान्छेहरु नास्तिकको आरोप लगाउछन   साँचो ईश्वर कहाँ छ ? मन्दिर भित्र या चोखो आत्मा भित्र ?

क्रिस्टीना टिमोथीको बाचा (कथा)

एकनासले बज्दै गरेको फोनको घण्टी ढिलो गरी उठाए । विभागबाट महानिर्देशकज्युको पिएको फोन रहेछ । सर डिजी साहब हजुरसंग कुरा गर्ने रे, उताबाट पिएको आवाज आयो । एक छिनपछि उताबाट महानिर्देशकको गम्भिर आवाज सुनियो । गुरुङजी तपाईको सहयोग चाहियो । मेरो एक जना ब्रिटिश साथीकी छोरी नेपाल आउदै छे । नेपाली जनजाति गुरुङ जातिको बारेमा थेसिस लेख्ने निधो गरेकी रहिछ । उसलाई गुरुङ बहुल्य गाउंमा लैजानु पर्यो । कहां ठीकफुर्सदमा

कविता – ठुल्दिदी

बुद्धि मोक्तान चाँगे – ३ ताप्लेजुङ हाल – म्यारिल्याण्ड अमेरिका अली परको मानेडाँडामा परदेशीको हुल उकालो लाग्दा, भञ्ज्याङ पारीबाट गाउँबेशीमा पाइला टेक्दा, भुँई बोकेर न्याम खुवाउने ठूल्दिदी ! तिमीलाई संम्झिन्छु बिर्सेकी त छैनौ होला नी गाउँबेशीका लिङ्गेहरु! मौलाहाका मालश्रीहरु! टपरीका जमराहरु! आँगनीका झम्के अनी, बरण्डाका गमलाहरु !     लरक्क आँगनीमा संयौ थूँगा झम्के भमरा र पुतलीलाई चुम्न नदिई करेसाको लालुपाते रंग र रस,बिस्थापित हुन नदिई ठूल्दिदी! तिम्रो लागि जोगाएकोफुर्सदमा

तीजको शुभकामना

 विक्रम मल्ल ठकुरी नेपाली दिदिबहीनीहरुको महान चाँड हरितालिका तीजको लागी लेख्दैछु सानो मेरो भावना । सबै महिला दिदि बहीनीहरुलाई २०७२ सालको तीजको हार्दिक मंगलमय शुभकामना ॥   महिला दिदिबहीनीहरुका लागी उत्साह उमंग र हर्षितपूर्ण रहोस तीज यहि नै मेरो चाहना यो शुभअवसरमा सबैलाई उत्तरोत्तर प्रगतीको शुभकामना ॥   नयाँ नेपालमा नेपालीहरुको लागी हर्ष पूर्ण आशातीत र अमूल्य प्रगतीको सदा कामना देशमा शान्तिको बिज उम्रोस तीजको शुभकामना ॥   सबै नेपालीहरुमाफुर्सदमा

बहिनीको सम्झना (कविता)

सुनिल मल्ल विदेशी जीवन यस्तै भो बैनी आउँदिन लिनलाई, मसंग केहि रहेन खुशी तिमिलाई दिनलाई | खबर तिम्ले नपाए पनि तीजमा जानु है, आँटो र ढिँडो जे छ घरमा ‘दर’ सम्झी खानु है |   नहेर्नु बाटो यो साल मेरो आउँदिन लिनलाई, वर्षै र पिच्छे आँशुकै ताल भो केहि छैन दिनलाई | आमा र बजै घरमै होलान् फोन गरेर जानु है खोलामा बाढी आको छ होला तरेर जानु है |फुर्सदमा

'भूकम्प' (कविता)

सन्त पन्धाक भयानक प्राकृतिक लीला अकस्मात भूकम्प बनी आइदिदा मातृभूमिलाई पारी चिरा सारा सन्ततिहरुलाई दियो पिडा।   लाखौ जनको धनमाल गरी नष्ट पुर्यायो जिबिकोपार्जनमा कष्ट भौतिक संरचनाहरु भई ध्वस्त बनायो दुनियाँलाई अझ स्तब्ध।   दिबंगत भएर हजारौं जन मर्माहत तुल्यायो सबको मन हजारौं घाइते र अपांग भएर झन एेया!भनि मृत्युशैय्यामा छटपटाउदैछन्।   सबको आबास गरेर बिनास दिलायो खुल्ला आकाशमूनिको बास एकातिर जोहो गरेको अन्न पुरिएर नास अनि भिखारी बनायो खानलाईफुर्सदमा

‘भूकम्प’ (कविता)

सन्त पन्धाक भयानक प्राकृतिक लीला अकस्मात भूकम्प बनी आइदिदा मातृभूमिलाई पारी चिरा सारा सन्ततिहरुलाई दियो पिडा।   लाखौ जनको धनमाल गरी नष्ट पुर्यायो जिबिकोपार्जनमा कष्ट भौतिक संरचनाहरु भई ध्वस्त बनायो दुनियाँलाई अझ स्तब्ध।   दिबंगत भएर हजारौं जन मर्माहत तुल्यायो सबको मन हजारौं घाइते र अपांग भएर झन एेया!भनि मृत्युशैय्यामा छटपटाउदैछन्।   सबको आबास गरेर बिनास दिलायो खुल्ला आकाशमूनिको बास एकातिर जोहो गरेको अन्न पुरिएर नास अनि भिखारी बनायो खानलाईफुर्सदमा

नारी र डर

कल्पना राई ‘खुशी’ अमुर्तबोध जो मुटुको पीधमा हुन्छ जति निकालेर फाल्न खोजौ भोकाएको जुका जस्तै आँतमा टाँस्सी रहन्छ र चुसी रहन्छ खुशीको परागहरु हर्षका पलहरु उमंगका अमृत रसहरु सम्भवत यसैलाई डर भनिन्छ |     आज भालेको डाँकसंगै उठेर घर धन्दा गरें घर,गोठ,बस्तु भाव,चुला चौका के गरिन? सबैसबै कर्म र धर्मको साथ पुरा गरें तथापी, डाडुले हत्केलामा तिरिक्क झोल राखी चाख्दा तीहुनमा नुन चर्को भएछ हँसले ठाँउ छोड्यो अब केफुर्सदमा

बेरोजगार (कबिता)

कल्पना राई (खुशी) सडक छाप एक बेरोजगार हुँ म जो रोजगारको लागी गरेक दिन सडक देखि सदन सम्म चहार्छ बद्लामा पुरानो गोल्ड स्टार जुत्ता खियाउ छ भिर्ने झोलाले काँध थकाउ छ मुखबाट पिएको पानी शिर बाट चुहाउ छ अनि, प्रियले दिएको रुमालले सरक्क पसिना पुछेर चौतारीमा लामो सुस्केरा तान्दै टोलाउछ आफैले सम्हाल्छ आफ्नै मनको कौतुहलतालाई जो बहकि रहन्छ,…… हरेक असफलतापछि …     एक झोका हावाको शिर देखि पाउ पुछेरफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...