कोरियामा तुषारापात सपनाहरु ( कविता )
निश्चल काउचा
एक पेरुङ्गो सपना बोकेर
सगरमाथाको शिर नाघेर कोरिया आएको उ
मन्द बिष युक्त कारखानामा
दिन रात नभनि भोलिको मिठो सपना बोकी
अमिलो किम्चीसंगै दूई गास भातले एक मुट्ठी सास धानेकै थियो
सायद भात भन्दा धेरै तिखो र तितो बात खायो
सपना देख्नु र भोग्नुमा फरक हुदो रैछ क्यार
डिग्रीको सर्टिफिकेट फ्याकेर
सुनौलो सपना साचेर
कोरिया हानिएको उ
जिन्दगीसंग किन हार्यो
शिशिरमा कठाङग्रिने हिंउले खाएर टङग्रिन नसकेको
सल्लाको रुखमा जीवनको
अन्तिम ईह लिला समाप्त गरेछ
उसको मृत्युको जिम्मेवार को ?
स्वयम् ऊ या आफ्नै मुलुकमा राजगारी दिन नसक्ने राज्य ?
सायद राज्यलाई
उसको कफनको माया र मतलव छैन
त्यसैले त
लाचारी सरकार
रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ भन्दै
नाक लामो बनाउदै
कुर्लदै छ