गजल
सुब्बा डम्बर
गाउँघर अन्धकार भो, जुन लिन आए प्रदेस
साझबिहान भान्साको, नुन लिन आए प्रदेस !
नयनबाट भेल बग्थ्यो, आमा सधैं रित्तो देख्दा
पसिना र खुन साटी सुन लिन आए प्रदेस !
पुष माघको सिरेटोले बाबालाई लानै खोज्थ्यो
बाबालाई बचाउन, उन लिन आए प्रदेस !
मेरो घर टेकेपछी,हास्नै भुली कालिलेनी
ओठमा हासो दिनलाई,धुन लिन आए प्रदेस !
बैनी मरिन घरैमा,ज्वाइले दाईजो नपाएर
न्याय पाउन अदालतको,सगुन लिन आए प्रदेस !
तिहार आउथ्यो दसैं आउथ्यो,घरको रुप उस्तै
सधैं भरी रङ्गिन पार्न, चुन लिन आए प्रदेस !
धरमपुर झापा
हाल – द.कोरिया