Advertisement
SKIP THIS

तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

डिसेम्बर ३१ मा कोरियामा तमू ल्होसार, गायिका शर्मिला गुरूङ लगायत आउने

तमू धीं दक्षिण कोरियाको आयोजनामा आगामी डिसेम्वर ३१ मा हुने तमू ल्होसार कार्यक्रममा नेपालबाट वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरूङ आउने भएकी छन् । साथै गायक तथा म्युजिक एरेन्जर तेजेन्द्र गुरुङ र तमू चलचित्रकी नायिका तथा मोडेल अस्मी गुरुङ पनि आउने तमू धीं दक्षिण कोरियाकी अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएकी हुन् ।  विगतका वर्षहरूमा जस्तै कोरियाबासी तमूहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले तमूहरुको महान पर्व एवं नेपाली राष्ट्रीय पर्वफुर्सदमा

शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने

शेर्पा संघ दक्षिण कोरियाद्वारा आगामी फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने भएको छ । दक्षिण कोरियाको राजधानी सोलमा ग्याल्पो लोसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको अध्यक्ष दोर्जी शेर्पाले बताएका हुन् ।   दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ)झोङ्नो साम्गा स्थित एक हलमा फेब्रुअरी १० २०२४ को बेलुका कार्यक्रम हुने जनाएको छ । चन्द्र पात्रो अनुसार लोसारको तिथि फरक परे पनि दक्षिण कोरियाको प्रमुखफुर्सदमा

गोतोजी छोर्तोजीको तेश्रो शृङ्खला भाषाविद् अमृत योञ्जनसँग

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा सञ्चालित कार्यक्रम “गोतोजी छोर्तोजी” अर्थात् “बुझौँ र जागौँ” को तेश्रो शृङ्खला भाषाविद् अमृत योञ्जनसँग हुने भएको छ ।  नोभेम्बर २५ तारिख शनिबार हुने कार्यक्रममा भाषा आयोगको सदस्य समेत रहेका योञ्जनसँग तामाङ भाषा सम्बन्धी अन्तर्कृया हुने कार्यक्रम संयोजक केशव मान तामाङले बताएको हो ।  गत कार्तिक २३ गते ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रदेश सभाबाट पारित भएर प्रमाणिकरण समेत भाईसकेको छफुर्सदमा

सोनाम ल्होछार सलनालको पहिलो दिन

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (पुख्री ल्हो) गडुल वर्षमा नेपाल लगाएत विश्व भरि रहेका तामाङहरुले सोनाम ल्होछार मनाउँदै आएका छन् । फेब्रुअरीको ९ तारिखमा ल्होछार गर्न लागेको घेदुङका अध्यक्ष राजकुमार स्याङतानले जनाएका छन् । ‘हामीले नेपालबाट तामाङ कलाकार सहितको भब्य सोनाम ल्होछार गर्नेछौं । अघिल्ला बर्षहरु भन्दा अझ ब्यवस्थित र भब्य बनाउने प्रयास हाम्रो हुनेछफुर्सदमा

तमू धीं कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने

तमू धीं दक्षिण कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने भएको छ । त्यसैले उक्त दिन कोरियामा रहेका अन्य संघसस्थाहरुले कार्यक्रम नजुदाउन अनुरोध गरेको छ ।   संस्थाको कार्यसमितीको निर्णय अनुसार कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८०” मनाउने भएको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् । उनले थपिन् ‘विशेष हामी तमुहरुको महान चाड ल्होसार यो वर्ष डिसेम्वर ३१ तारिख (पुस १५ गते)फुर्सदमा

घेदुङ कोरियाले गर्ने अन्तरक्रियाको दोश्रो शृङ्खलामा मानवशास्त्री डा. मुक्त सिं तामाङ

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले मानवशास्त्री डा. मुक्त सिं लामा (तमाङ) सँग अन्तर्कृया गर्ने भएको छ । घेदुङले सुरु गरेको ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) भन्ने अन्तरक्रिया कार्यक्रमको दोश्रो शृङ्खला यही अक्टोवार २८ तारिखमा हुनेछ ।   डा. तामाङसँग ‘तमाङहरुको आदिम थालो’ बिषयमा अन्तर्कृया  गर्ने कार्यकम संयोजक केशवमान तामङले फोनिज कोरियालाई बताएका हुन् ।   डा. तामाङले कर्नेल युनिभर्सिटीबाट ‘हिमालयन इन्डिजेनिटीः हिस्ट्रीज, मेमोरी एन्ड आइडेन्टिटी एमंग तामाङ इन नेपाल’ (‘Himalayanफुर्सदमा

‘गाउँ आएको बाटो’ चलचित्रको कलाकारलाई नेफिन कोरियाको सम्मान

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियाले चलचित्र ‘गाउँ आएको बाटो’का निर्देशक र कलाकारलाई सम्मान गरेको छ । आईतबार सोलमा भएको सम्मान कार्यक्रममा यहाँ रहेका जातीय संस्थाका प्रतिनिधि उपस्थित भएका थिए । दक्षिण कोरियाको बुसान फिल्म फेस्टिवल छनोट भएको चलचित्र प्रदर्शनको लागि निर्देशक नवीन सुब्बा, कलाकार पशुपति राई, निर्माता आमोद राई, चलचित्रका सम्पादन गरेका सन्दिप श्रेष्ठ, सहनिर्देशक मिन्शो लिम्बू कोरियामा छन् । महासंघले उनीहरूलाई सम्मान गरेको हो । ‘आदिवासी जीवनलाईफुर्सदमा

नेफिन कोरिया बुसान शाखाको अध्यक्षमा पुन: परि गुरुङ

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको अधिवेशन सम्पन्न भएको छ । आइतबार किम्हेमा भएको चौथो अधिवेशनबाट पुन: परि गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।   अध्यक्ष परि गुरुङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमा नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष विशन राई प्रमुख अतिथीको रुपमा सभागि भएका थिए । कार्यक्रममा विशेष अतिथिहरुमा NRN ख्याङसाङको अध्यक्ष सुबोध भन्डारी , NCC बुसान शाखाको अध्यक्ष सङ्गित अधिकारी तथा गैर आवासीयफुर्सदमा

नेफिन बुसानको अधिवेशन अक्टोबर ०८ मा हुने, तयारी पुरा

नेपाल आदिवासी जनजाती महासंघ(नेफिन)बुसान शाखाको अधिवेशन यही अक्टोबर ०८ तारिक आईतवार हुने भएको छ । बुसानको होगेरो स्थित एक सभाहलमा चौथो अधिवेशन हुने नेफिन बुसानले जनाएको हो ।   अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुने छ । यसको लागि सम्पूर्ण तयारी पुरा भाईसकेको शाखाकी अध्यक्ष पारी गुरुङले बताएकी छिन् । त्यसैले कोरियामा रहेका सम्पूर्णलाई उपस्थितिको लागि अध्यक्ष गुरुङ्ले अनुरोध गरेकी छिन् । “यस चौथो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउनफुर्सदमा

छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

छन्त्याल परिवार दक्षिण कोरियाको  अाइतबार अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्त्वमा नयाँ कार्यसमितिको चयन भएको छ। कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवारमा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदैफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...