तमू धीं कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने


तमू धीं दक्षिण कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने भएको छ । त्यसैले उक्त दिन कोरियामा रहेका अन्य संघसस्थाहरुले कार्यक्रम नजुदाउन अनुरोध गरेको छ ।  

संस्थाको कार्यसमितीको निर्णय अनुसार कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८०” मनाउने भएको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् । उनले थपिन् ‘विशेष हामी तमुहरुको महान चाड ल्होसार यो वर्ष डिसेम्वर ३१ तारिख (पुस १५ गते) परेको हुँदा उक्त दिन कोरियामा पनि तमू ल्होसार मनाउन लागेको हो । हल र कलाकार पनि तयार गरिएको हुँदा सम्पूर्ण संघ संस्थाहरुलाई उक्त दिन कार्यक्रम नजुदाई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।’

साथै कार्यक्रमको बारे थप जानकारी छिट्टै सार्वजनिक गर्ने बताएको छ ।  

तमू ल्होसार बारे – 

‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो। हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो। तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका वेशभूषामा रमाउँछन्। महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाउँछन् अनि कछाड र पटुकी बाँध्छन् । गुरुङ समुदाय घाटु, सोरठी, कौडा नाच आदिमा रमाउँछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...