Advertisement
SKIP THIS

छन्त्याल परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन


छन्त्याल परिवार दक्षिण कोरियाको  अाइतबार अनलाईन माध्ययमवाट गरिएको बैठकवाट तिलक घरब्जा छन्त्यालको नेतृत्त्वमा नयाँ कार्यसमितिको चयन भएको छ।

कार्यक्रममा बोल्दै रतन छन्त्यालले विगत लामो समयदेखि स्थापना भएको छन्त्याल परिवारमा थप उल्लेख्य रुपमा छन्त्याल जातिको भाषा संस्कृतिको संरक्षणको लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए । त्यसैगरी निवर्तमान अध्यक्ष अमर छन्त्यालले विविध कारणवश अधिवेशन रोकिएको र हाल नयाँ कार्यसमिति चयन गरी नेतृत्त्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्षमा अध्यक्ष तिलक छन्त्यालले आफूमा छन्त्याल परिवारलाइ अझ मजवुद ढंगले अगाडी बढाउनलाई चुनौति र अवसर सँगै रहेको बताए  । काेरियामा रहेका सबै छन्त्यालकाे साथ र सहयोग भए चुनौतिलाई अवसरमा बदल्दै सफल भएरै छोड्ने वाचा गरे । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष  जित तथप्जा छन्त्याल (गुर्जाखानी, म्याग्दी) उपाध्यक्ष पवित्रा भलञ्जा छन्त्याल (गुर्जाखानी, म्याग्दी)  केरसिंह पोत्लाङ्गे छन्त्याल (बढिगाड, बाग्लुङ्ग) रहेका छन् । त्यस्तै महासचिव ईन्द्र भलञ्जा छन्त्याल (गुर्जाखानी, म्याग्दी) सचिव  राहुल घर्ति छन्त्याल (मश्चिम, म्याग्दी) रहेका छन् । कोषाध्यक्ष तिर्थ भलञ्जा छन्त्याल (गुर्जाखानी, म्याग्दी) सह कोषाध्यक्ष रीया छन्त्याल (निसिखोला) छन् भने सदस्यहरूमा झलक झिंगराजा छन्त्याल (नर्जा, म्याग्दी)  शिव छन्त्याल (नर्जा, म्याग्दी) पूर्ण घरब्जा छन्त्याल (मल्कबाङ्ग, म्याग्दी) रमेश घरब्जा छन्त्याल (मल्कबाङ्ग, म्याग्दी) प्रविन तथब्जा छन्त्याल घोसाखानी, बाग्लुङ्ग) हिरा तथब्जा छन्त्याल (घोसाखानी, बाग्लुङ्ग) युवराज भलञ्जा छन्त्याल (कतेरी, बाग्लुङ्ग) बिमल घरब्जा छन्त्याल (लुखुरवन, बाग्लुङ्ग) छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...