डिसेम्बर ३१ मा कोरियामा तमू ल्होसार, गायिका शर्मिला गुरूङ लगायत आउने


तमू धीं दक्षिण कोरियाको आयोजनामा आगामी डिसेम्वर ३१ मा हुने तमू ल्होसार कार्यक्रममा नेपालबाट वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरूङ आउने भएकी छन् । साथै गायक तथा म्युजिक एरेन्जर तेजेन्द्र गुरुङ र तमू चलचित्रकी नायिका तथा मोडेल अस्मी गुरुङ पनि आउने तमू धीं दक्षिण कोरियाकी अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएकी हुन् । 

विगतका वर्षहरूमा जस्तै कोरियाबासी तमूहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले तमूहरुको महान पर्व एवं नेपाली राष्ट्रीय पर्व तमू ल्होसारको पावन अवसरमा हि ल्हो (बिरालो वर्ग) को विदाई र मुप्री ल्हो(गिद्ध वर्ग) को स्वागत गर्दै तमू ल्होसार मनाउन लागेको हो । ल्होसार कोरियको राजधानी सौलको दोन्देमुन स्थित एस् डब्ल्यु कन्वेन्सन सेन्टर  (SW 컨벤션센터) मा हुनेछ ।  

ल्होसार कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेकी वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरूङ नेपाली लोकदोहोरी क्षेत्रका सदावहार गायिका हुन् । उनको आवाजमा धेरै गीतहरु सुनिसकेका छन् नेपाली लोकगीतप्रेमीहरुले । उनका सिर्जनामा मौलिकता पाइन्छ, लोकदोहोरी गीतको वास्तविक परिचय र पहिचान पाइन्छन्  भन्छन् लोकगीतप्रेमीहरु । 

सुमधर स्वरकी धनि गायिका गुरुङले दुई हजार बढी गीतहरु गाइसकेकी छन् । ‘मिर्मिमुनी काली थुनेको’, ‘बल्लै भो भेट’, ‘चौतारीको बर’, ‘रानी घाटैमा’, ‘काली गंगा तरे’, ‘राम्दी पुल’, ‘जाने बेला भैन र रु’, ‘फाटी सक्यो होला, मैले बोक्ने डोको’, ‘राधा’, ‘सुनचाँदी’ उनका चर्चित गीतहरु हुन् ।

कार्यक्रममा गायक तेजेन्द्र गुरुङ र तमू चलचित्रकी नायिका तथा मोडेल अस्मी गुरुङको साथै दक्षिण कोरियामै रहेका स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जनाएको छ । शुभकामना आदानप्रदानको साथै तमूहरुको मौलिक परिकारहरु सहित स्योंकै(दिवा भोज) पनि रहेको जनाएको छ । “रिपा लगाई स्याई स्याई गर्ने तथा सम्मान कार्यक्रम पनि हुनेछ । त्यसैले कार्यक्रममा उपस्थित हुन कोरियामा रहेका तमू लगायत सम्पूर्ण नेपालीहरुलाई अनुरोध गर्दछु” । अध्यक्ष गुरुङले अनुरोध गरिन् ।  

कोरिया बसाईको क्रममा तमूहरुलाई आइपर्ने विविध दुख, कष्ट तथा समस्याहरुलाई समाधान गर्ने, तमू भाषा, लिपी, भेष-भूषा, धर्म संस्कार र संस्कृतिको संरक्षण संवर्धन गर्ने, तमूहरुको आपसी एकता, सद्भाव अभिवृद्धि, समग्र तमू समुदायको वृहत्तर हित र तमू समुदायको उत्थान एवं देश विदेशमा रहेका संघ-संस्थाहरूसंग समन्वय गर्ने उदेश्य राखी सन १९९९ मा तमू धीं दक्षिण कोरियाको स्थापना भएको हो ।  

तमू ल्होसार बारे – 

‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो। हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो। तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका वेशभूषामा रमाउँछन्। महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाउँछन् अनि कछाड र पटुकी बाँध्छन् । गुरुङ समुदाय घाटु, सोरठी, कौडा नाच आदिमा रमाउँछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...