गोतोजी छोर्तोजीको तेश्रो शृङ्खला भाषाविद् अमृत योञ्जनसँग


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा सञ्चालित कार्यक्रम “गोतोजी छोर्तोजी” अर्थात् “बुझौँ र जागौँ” को तेश्रो शृङ्खला भाषाविद् अमृत योञ्जनसँग हुने भएको छ । 

नोभेम्बर २५ तारिख शनिबार हुने कार्यक्रममा भाषा आयोगको सदस्य समेत रहेका योञ्जनसँग तामाङ भाषा सम्बन्धी अन्तर्कृया हुने कार्यक्रम संयोजक केशव मान तामाङले बताएको हो । 

गत कार्तिक २३ गते ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रदेश सभाबाट पारित भएर प्रमाणिकरण समेत भाईसकेको छ । यो सँगै नेवारी र तमाङ भाषा पनि प्रदेश भित्र सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न बाटो खुलेको हो । “यस सन्दर्भमा सरकारी कामकाजी भाषाको रुपमा तामाङ भाषा कार्यन्वयन गर्न के कस्तो तयारी छ भन्ने बारेमा कार्यक्रममा बहस र अन्तरक्रिया हुने छ ।” संयोजक तामाङले फोनिज कोरियालाई बताए ।  

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने यस कार्यक्रम नेपालको समय र मिती अनुसार मङ्सिर ९ गते शनिबार साँझ ६ बजे र कोरियामा नोभेम्बर २५ तारिख बेलुका ९:१५ मा हुने कुरा घेदुङको अध्यक्ष राजकुमार स्याङतान तामाङले बताएको छ । 

अनलाईन माध्यमबाट सञ्चालन गर्दै आएको यस कार्यक्रमलाई विश्वभर छरिएर रहेका तामाङ तथा अन्य समुदायको दर्शक श्रोताहरू बाट सकारात्मक प्रतिक्रियाहरू आइरहकोमा अध्यक्ष तामाङले खुसी ब्यक्त गरेको छ ।  साथै  कार्यक्रममा सहभागी भएर तामाङ भाषा सम्बन्धि जान्न, बुझ्न र प्रश्नहरू भएको खण्डमा प्रश्नहरू राखिदिएर सहयोग गर्न दर्शक श्रोताहरू माँझ अनुरोध समेत गरेको छ ।  

तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ तथा अन्य समुदायको व्यक्तिहरूलाई बुझ्न र बुझाउने उदेश्यले यस कार्यक्रमा सञ्चालन गरिएको हो । अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको कार्यक्रम यस पटक नोभेम्बर २५ तारिखको दिन परेको छ।

भाषा आयोगको सदस्य अमृत योञ्जन तामाङ भाषिक अधिकारको निम्ति निरन्तर संघर्ष र अभियानमा लागि रहेका एक अभियन्ता हुन । भाषाविज्ञानमा स्नातकोत्तर गरेका उनी लामोसमयसम्म शिक्षा मन्त्रालय अन्तर्गत सञ्चालित ‘मातृभाषामा शिक्षा’ कार्यक्रमको प्राविधिक सल्लहाकारको भूमिकामा रहेर मातृभाषा पाठ्यक्रम विकास निर्माण तथा पठनपाठन गर्ने सवालमा महत्वपुर्ण योगदान पुर्याएको छ । 

संयुक्तराष्ट्रसंघ विकास नियोग (युयानडिपि), अन्तर्राष्ट्रिय श्रमसंगठन, युनेस्को लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा विकास नियोगमा अनुसन्धानकर्ता, प्रक्षिक्षक र कन्सल्टैन्टको रुपमा कार्य गरिसकेको छ । यस्को अलवा विशेषगरी आदिवासीहरुको भाषाको विषयमा दजनौ (५२ वटा भन्दा बढी) पुस्तक, शब्दकोशहरु प्रकाशन भएको छ भने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्रकाशित जर्नलमा लेखहरु लेखन तथा सम्पादनको साथै सभा सम्मेलनहरुमा कार्यपत्रहरु प्रस्तुत भएको छ ।

भाषाविद्  योञ्जनकै नेतृत्वमा अहिले तामाङ राष्ट्रिय पुस्तकालय सञ्चालन भइरहेको छ । जहाँ तामाङ भाषा साहित्य लगायतका अन्य पुस्तकहरुको संकलन भइरहेको छ। 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...