तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दक्षिण कोरियामा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न
दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय समन्वय परिषद (NRNA) ख्यङ्साङ्नाम्दो बुसान साखाको सहकार्यमा धैर्य क्यान्सर फाउन्डेसनले आइतवार (जनवरी ५) उक्त मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियाे । अन्लाइन माध्यम जूम मार्फत भएको कार्यक्रममा काउनसिलिङको कार्य धैर्य क्यान्सर फाउन्डेसनकी फाउन्डर तथा अध्यक्ष टेरिसा तामाङ्ले गरेका थिए । कार्यकमलाई प्रभावकारी बनाउने उद्देश्यले थोरै जनालाई मात्र सहभागी गराएको थियो । सबैको सकृयफुर्सदमा
सोनसिकको अधिवेशन सम्पन्न : अध्यक्षमा मनिष पाण्डे
शनिवार दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनको शिलशिलामा आएका नेपाली विद्यार्थीहरुको संगठन नेपाली विद्यार्थी समाज (सोनसिक)को भएको १९ औ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट सभापतिमा मनिष पाण्डे चुनिएका छन् । कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपासभापतिहरु सिद्धान्त बिक्रम पाण्डे, मेघनाथ पौडेल, प्रियस ढकाल, मनोज कुमार बानिया रहेका छन् । त्यस्तै सचिवमा विक्रम खड्का, उपसचिवमा दिवाकर चौलागाई रहेका छन् । काषाध्यक्ष भरत खत्री र सदस्यहरुमा तोपेन्द्र वली, प्रकाश नेपाली, सृजना तिवारी, सिजन खड्काफुर्सदमा
कोरियामा रहेकी बिरामी सञ्जु थापाले पाईन् स्याङ्जा परिवारबाट आर्थिक सहयोग
बोम्जन गुरुङ १२ नोभेम्बर २०२१, सउल कोरिया । स्याङ्जा जिल्ला जन्मघर भई (हाल नवपरासी) रोजगारीको सिलसिलामा कोरिया आएका सञ्जु थापाको स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्याङ्जा परिवार दक्षिण कोरियाको पहलमा संकलित १०,७२,५०८/- कोरियन वोन (एक लाख नेपाली रुपैंया भन्दा बढि) बिरामीलाई हस्तान्तरण गरिएको छ । थापा Face Paralysis भएर सउलस्थित गुब्यनदारी साराङ प्लस अस्पतालमा भर्ना भएकी थिईन् । उपचार धेरै खर्च महङ्गो भएकोले उनकै अनुरोध बमोजिम स्याङ्जा परिवारले आर्थिक सहयोगको अपिलफुर्सदमा
ब्रेन ट्यूमर बिरामी गुरुङको यसरी भयो जीवन रक्षा ।
बोम्जन गुरुङ ११ नोभेम्बर २०२१, सउल कोरिया । चितवन स्थायी घर भई रोजगारीको सिलसिलामा कोरियामा रहेका राम बहादुर गुरुङलाई ब्रेन ट्यूमर जस्तो जटिल रोग लागेपछि गुरुङको जीवन रक्षाका लागी कोरियास्थित दुई संस्था चितवन सम्पर्क समिति र तमू धींको विशेष पहलमा ६२,५४,६६५/-कोरियन वोन (करिब साढे छ लाख नेपाली रुपैंया) रकम संकलन भएको छ । स्वास्थ्यमा जटिलता देखिएका कारण एमआरआई परीक्षणमा गुरुङलाई ब्रेन ट्यूमर देखिएको र उपचार खर्च अत्याधिक हुने भएकोले “रामफुर्सदमा
कोरियामा “राम बहादुर गुरुङ बचाउ अभियान”मा दुई संस्थाले विज्ञप्ति निकाल्दै गर्यो पहल
बोम्जन गुरुङ १४ अक्टोबर २०२१, सउल कोरिया । चितवन स्थायी घर भई कोरियामा कार्यरत राम बहादुर गुरुङलाई ब्रेन ट्यूमर जस्तो जटिल रोग लागेपछि उनको उपचारका लागी “राम बहादुर गुरुङ बचाउ अभियान” शुरु गरिएको छ । कोरियास्थित दुई संस्था चितवन सम्पर्क समिति र तमू धींले सामूहिक विज्ञप्ति निकाल्दै उपचारार्थ गुरुङको जीवन रक्षाका निम्ति उक्त अभियान शुरु गरेको हो । एक महिना अगाडिदेखि चक्कर लाग्ने र टाउको दुख्ने समस्या देखापरेपछि कम्पनी नजिकैकोफुर्सदमा
कोरियामा अध्ययनरत बिरामी गोबिन्द अर्यालले पाए स्याङ्जा परिवारबाट आर्थिक सहयोग ।
बोम्जन गुरुङ ०३ सेप्टेम्बर २०२१, सउल कोरिया । स्याङ्जा जिल्लाको गल्याङ् नगरपालिका वडा नं. ०८ चिउरी स्थायी घर भई अध्ययनको सिलसिलामा कोरिया आएका गोविन्द अर्यालको स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्याङ्जा परिवारको पहलमा संकलित ६६,४६,५५५/-कोरियन वोन (करिब पौने सात लाख नेपाली रुपैंया) बिरामीलाई हस्तान्तरण गरिएको छ । अर्यालको कलेजो, मुटु र मष्तिष्कमा एकैचोटी समस्या देखिएपछि सउल स्थितको एक अस्पतालमा विगत एक महिनादेखि उपचाररत थिए । अर्याल अचानक बेहोस भए लगत्तै Seoulफुर्सदमा
कोरियामा विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी रोगबाट ग्रसित बालकको आर्थिक सहयोग अभियान संचालन
कोरियामा विभिन्न विषयमा आर्थि सहयोग अभियान विभिन्न समूहद्धारा पटक पटक संचालन गर्ने गर्छन् । तर यसपाली भने विश्वकै दुर्लभ रोग ूस्पाइनल मस्कुलर एट्रोफी ू रोगबाट ग्रसित ९ महिने बालक उस्मान अलीको लागि कोरियामा आर्थिक अभियान संचालन गरिएको छ । शुक्लागण्डकी (५ तनहूँ निवासी सपना मियाँ र मुबारक अली का पुत्र उस्मान अलीलागि आर्थिक सहयोग आवहान गरिएको हो । यस रोगको उपचार नेपालमा नभएकाले देश बाहिर लानुपर्ने डाक्टरको सल्लाहफुर्सदमा
कोरियामा अध्ययन गर्न आएका स्याइ०जाका एक विद्यार्थिलाई उपचारर्थ आर्थिक सहयोग अभियान संचालन
दक्षिण कोरियामा अध्ययन गरी भविष्य उज्जल पार्ने सपना बोकेर आएका स्याङ्जा जिल्ला गल्याङ् नगरपालिका (०८ चिउरी निवासी गोविन्द अर्याल गम्भिर विरामी भई उपचार खर्च अभाव भएपछि स्याइ०जा परिवार दक्षिण कोरियाबाट आर्थिक सहयोग अभियान थालिएको छ । अर्याललाई लिभर, मुटु, र ब्रेनमा एकैचोटी समस्या देखिएपछि अस्पतालको आकस्मीक कक्षमा भर्ना गरिएको थियो । सउल स्थित सउल अस्पतालमा विगक एक महिनादेखि उपचारार्थ अर्यालको अवस्थामा केही सुधार आएको छ । उपचार खर्च करिब एकफुर्सदमा
भक्तपुर समाज कोरियाले नेपालमा कोरोना नियान्त्रणको लागि आर्थिक सहयोग गरे
कोरोना माहामारी नियन्त्रणको लागि कोरियाबाट विभिन्न संघसंस्थाले नोपलको विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् । यसैक्रममा भक्तपुर समाज दक्षिण कोरियाद्वारा संकलित रु. १ लाख ५० हजार रकम नेपालमा भक्तपुर समाजका संस्थापक तथा पुर्वअध्यक्ष रमेश खावाजुको संयोजकत्वमा सामुहिक रुपमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको छ । सो सहयोग रकम भक्तपुरको ख्वाप अस्पतालमा निमार्ण गरिएको अक्सीजन प्लान्टमा खर्च गरिने छ । ति अक्सीजनहरु कारोना विरामीहरुलाई निशुल्क वितरण गर्दै आएका छन्फुर्सदमा
कोरिया लगायत पाँच देशमा पढ्न जाने विद्यार्थिलाई अनुमतिमा रोक
दक्षिण कोरिया लगायत अन्य पाँच देशमा अध्ययन गर्न जाने विद्र्यार्थिहरुलाई बैदेशिक अध्ययन स्विकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको शिक्षा मन्त्रालयले जनाएको छ । कोरोनाको दोस्रो चरणको बढ्दो प्रकोपका कारण विदेश पढ्न जाने विद्यार्थिहरुलाई तत्कालको लागि यही बुधबारदेखि नै रोक लगाएको छ । विदेश अध्ययन गर्न नयाँ जान लागेको विद्यार्थिहरुलाई मात्र अनुमतिपत्र दिन रोक लगाएको र विदेशमा अध्ययन गरीरहेको विद्यार्थिहरुलाई भने रोक नलगाएको मन्त्रालयको जारी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छफुर्सदमा