रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि


उत्कृष्ट विध्यार्थीलाइ प्रोत्साहन वितरण कार्यक्रम आफैमा सकारात्मक कदम हो । जसले धेरै विध्यार्थीहरूको शैक्षिक क्रियाकलापप्रति हौसला मिल्छ ।

गाउँपालिकाले प्रत्येक बर्ष रोशी भित्रका सामुदायिक विध्यालयका सबैभन्दा बढी जिपिए अंक ल्याएर उतीर्ण विध्यार्थीलाइ प्रोत्साहन वितरण गर्दै आईरहेको छ ।

यस बर्ष रोशी गाउँपालिकाभित्र एसईइमा नतिजामा श्री हरिसिध्दि मा.बि. रोशी ६ कालिन्चोकका प्रशान्त तामाङले ३.७० जिपिए ल्याएर उत्कृष्ट विध्यार्थी भएको छ । त्यसैगरि श्री पोक्रा मा.बि. रोशी ११ भिमखोरीका हिमानी तामाङ र संगिता रायले ३.५५ जिपीए ल्याएका थिए ।

गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप भनेर फरक फरक जीपीए अंकका उत्कृष्ट ३ विधार्थीलाइ समान नगद ५० हजार रूपैयाँले सम्मान सोमबार गरेपछि सामाजिक सञ्जालमा धेरैले असन्तुष्टी पोखेका छन् । उक्त वितरण कार्यक्रममा सम्मानित भनिएका विध्यार्थी प्रशान्त तामाङको पनि उपस्थिती थिएन ।

यस बर्ष रोशी गाउँपालिकाभित्र एसईइमा नतिजामा श्री हरिसिध्दि मा.बि. रोशी ६ कालिन्चोकका प्रशान्त तामाङले ३.७० जिपिए ल्याएर उत्कृष्ट विध्यार्थी भएको छ ।

गापाको कार्यक्रमप्रति हारिसिध्दि मा.बि.का प्रधानध्यापक सेरबहादुर लामाले ‘प्रोत्साहन स्वरूप वितरण गरेको कार्य सरहनीय छ, बिना विभेद समान राशीले राशी वितारणको वैज्ञानिक र सान्दर्भिकताको पक्षमा वकालत गर्ने आधार र अधिकार रहेन र रोशीका एसईइ टपर विध्यालय हरिसिध्दि मा.वि. पनि भन्न नसकेको देख्दा आफैंलाई लज्जा बोध भएको महासुस गरेको’ फेसबुक स्टेटसमा लेखेका छन् ।

रोशी गाउँपालिका ६ का पूर्वअध्यक्ष पदम बहादुर लामाले ‘रोशी सरकारको नैतिकता छैन, नेपालका विद्वान सरकार भनाँउदाको बुध्दि यस्तै हो’ भनि प्रतिकृया दिएका छन् ।

त्यसैगरी हारिसिध्दि मा.बि.कै शिक्षक नोक बहादुर लामाले ‘अब रोशी सरकारले विध्यालय स्तरिय शैक्षिक क्रियाकलाप प्रतियोगितामा पनि प्रथम, द्वितीय र तृतीयलाई पनि समान प्रोत्सहन पुरस्कारको व्यवस्था गरियोस्’ भनेर व्यङ्ग्य गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...