तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
पहिलो लाइभ कन्सर्टका लागि गायक पूर्ण राई एन्ड दाजुभाइहरु कोरिया आइपुगे

गायक पूर्ण राई व्याण्ड सहित कोरिया अवतरण गरिसकेका छन्। धराने इभेन्ट्स कार्यक्रमको लागि पूर्ण राई एन्ड दाजुभाइहरु ‘ व्याण्ड कोरिया आएका हुन्। मार्च ३० तारिख सौल स्थित HW कन्भेन्सन्स हलमा उनिहरुले लाइभ प्रस्तुति दिनेछन्। यो पहिलो कोरिया कन्सर्ट हुनेछ। यस व्याण्डको ‘ मनका कुरा’ , ‘ कालो सेतो’ ,’ तिम्रो माय ९९ ‘ लगायतका गीतहरु अति लोकप्रीय छन्। आयोजकका तर्फबाट मनोज संयोक, किरात एफसीबाट सकसेस राई, हाङखिमछा लगायतले व्याण्ड मेम्बरहरुलाईफुर्सदमा
‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले ‘कोरिया सन्देश नामक जर्नल विमोचन गरेको छ। मार्च २३ तारिख आइतबार दोङ्देमून स्थित सेमाउल सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो। विभिन्न सङ्घ संस्थाहरुको बाक्लो उपस्थितिमा प्रमुख अतिथि महामहिम राजदूत डा . शिव माया तुम्बाहाम्फेको बाहुलीबाट उक्त जर्नल विमोचन गरिएको थियो। प्रमुख अतिथि तुम्बाहाङ्फेले जर्नल प्रकाशन गरिनु निकै उत्कृष्ट काम रहेको बताएका थिइन्। यसै गरी कोरियामा आवश्यक पर्ने जानकारी समेटिएको बताउँदै विप्रेषणको कुरा, अधिकारका कुराहरू समेटिएकोफुर्सदमा
प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई

किरात याक्थुङ चुम्लुङ बुसानको सेवारो एफ सी द्वारा आयोजित प्रथम सेवारो कपको उपाधि आस्याङ एफ सीले सुरक्षित गरेको छ। उक्त फुटसल प्रतियोगितामा कियाचु छल्लादोको फूटबल क्लबले दोश्रो स्थानमा चित्त बुझाउनु परेको छ । मार्च २३ तारिख किम्हे स्थित छोउन फुटसल मैदानमा खेल आयोजना भएको थियो। ३२ टोली बिच भएको प्रतिस्पर्धामा आस्याङ एफ सी र के वाइ सी एफ सी छल्लादो फाइनल प्रवेश गरेका थिए। फाइनलमा आस्याङले ६-१ को जित दर्ताफुर्सदमा
कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो

चलचित्र अञ्जिला कोरियाको ह्वासङ स्थित फारानमा हाउसफूल सहित दुइ शो भएको छ। ह्वासङ नेपाली समाज कोरियाले आज प्रदर्शन गरेको चलचित्र लामो समय प्रतिक्षा गरेर दर्शकहरुले दोश्रो शो हेरेका थिए। नेपालमा ब्लक बस्टर भएको चलचित्र अञ्जिलालाई कोरियाको पहिलो शोमा अत्याधिक रुचाइएको पाइयो। चलचित्र धेरै राम्रो बनेको दर्शकले प्रतिकृया दिएका थिए। महिला राष्टृय फूटबल टिमका कप्तान अञ्जीला तुम्बापोको जीवन कथामा आधारित चलचित्र कोरियामा उनको भवन निर्माण एवम फूटबल एकेडेमी सहयोगार्थ प्रदर्शन हुँदैछ।फुर्सदमा
परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर

विपिन गुरुङ नेतृत्व रहेको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाले एकता महाधिवेशन बारे कोरियामा रहेका संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। मार्च २२ साँझ भर्चुल जुम मार्फत कार्यक्रम गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि उच्च स्तरिय समितिका सदस्य विनोद कुवँरले अन्तरक्रिया कार्यक्रम एकदमै सान्दर्भिक रहेको बताएका थिए। कुवँरले एनसीसी एकता महाधिवेशनको सुरुवात यु ए ई बाट भैसकेको अवगत गराएका थिए। एन आर एन अभियान्ताको रुपमा आफूले एकताको लागि दिन रातफुर्सदमा
पूर्ण राई लाइभ कन्सर्टमा DSLR क्यामरा सहित प्रवेश गर्न के के छन प्रवधान?

पूर्ण राई एन्ड दाजुभाइहरु लाइभ कन्सर्टमा DSLR क्यामराका लागि अनुमति चाहिने भएको छ। बिना अनुमति डिजिटल क्यामरा सहित प्रवेश गर्न नपाईने आयोजकले जनाएको छ। मार्च ३० तारिख धरान कोरिया कम्युनिटी सपोर्टले सौल स्थित HW कन्भेन्सन हलमा कार्यक्रम आयोजना गर्दैछ। आयोजकका अनुसार DSLR क्यामरा लान इच्छुकले आयोजकसँग सम्पर्क गर्नुपर्ने छ। उक्त कार्यक्रमको अफिसियल फोटोग्राफर के डी स्टुडियो रहेको छ। यस बारे विस्तृत जानकरीका लागि फोनिज कोरियाले केडी स्टुडियोसँग सम्पर्क गरेको थियो।फुर्सदमा
ब्लकबस्टर चलचित्र ‘अञ्जिला’ कोरियामा पनि आक्रमक रुपमा प्रदर्शन हुँदै

नेपालमा ब्लक बस्टर भएको चलचित्र “अञ्जिला” कोरियामा पनि आक्रमक रुपले प्रदर्शन हुने भएको छ। कोरियाका लागि आधिकारिक वितरक किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले हालसम्म १४ शहरमा प्रदर्शन हुने निश्चित भएको जानकारी गराएको छ। ति मध्ये ७ शहरको मिति तय भएको र अन्य शो को लागि हल बूकिङ हुन बाँकि रहेको अवगत गराएको छ। नेपाल फूटबल महासंघ कोरियाले पनि प्रदर्शनको समन्वय गरिरहेको छ। पहिलो शो अन्तर्गत मार्च २३ तारिख ह्वासङफुर्सदमा
कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै

गैर आवाशिय नेपाली संघ दक्षिण कोरियाले “एकता महाधिवेशन ” बारे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। बिपिन गुरुङ नेतृत्वको संस्थाले मार्च २२ शनिवार बेलुकी ८:४५ मा कार्यक्रम गर्ने भएको हो। कोरियामा रहेका सक्रिय संस्थाहरुसँग जुम भर्चुअल मार्फत कार्यक्रम गरिने भएको छ। धेरै जनामा एकता महाधिवेशन बारे भ्रम रहेको उल्लेख गर्दै यो कार्यक्रम त्यस्ता भ्रम चिर्न सहयोग पुग्ने विश्वास गरेका छन्। अध्यक्ष गुरुङले अहिले पनि धेरै जनामा एकता महाधिवेशन बारे भ्रमफुर्सदमा
कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग

कोरियाको होली कार्यक्रममा प्रधानमन्त्री केपि ओली विरुद्द नारा लगाइएको प्रति प्रवासी नेपाली मञ्चले प्रेस विज्ञप्ति जारी गरेको छ। राष्टृय एकता कमजोर पार्ने र राष्ट्रकै बेइज्जत गराउने समूहको पहिचान गरि आवश्यक कारबाहिको लागि नेपाली दूतावासलाई ध्यानाकर्षण गराएको छ। मार्च १६ मा पाँच ‘स ‘ द्वारा हान नदि किनारमा आयोजित होली उत्सवमा एक समूहले नाराबाजि गरेका थिए। अराजक समूहले गरेको लोकतन्त्र विरोधि हर्कत प्रति इङ्कित गर्दै समृद्धि विरोधि, गणतन्त्र विरोधि, राष्ट्र विरोधि,फुर्सदमा
उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको “हाङ्गाङ होली महोत्सवमा ” केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केहि समूहले प्रधानमन्त्री विरुद्ध नारा लगाएका थिए। कार्यक्रमको मर्म बिपरित केहि उच्छृङ्खल समूहले गरेको आपतिजनक गतिविधि प्रति संस्थाले घोर आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ। यस कृयाकलापमा संस्थाको प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा कुनैपनिफुर्सदमा