Advertisement
SKIP THIS

कोरियामा ‘अञ्जिला’ फिल्म भव्य प्रिमियर शो


अमिर योञ्जन । महिला राष्ट्रिय फुटबलका कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बपो सुब्बाको जीवनीमा आधारित चलचित्र कोरियाको राजधानी सौलमा भव्य प्रिमियर शो भएको छ । चलचित्र किराँत याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले आइतबार मार्च २ मा पहिलो शो गरेको हो । चलचित्रको शीर्ष भूमिकामा अञ्जिला आफैले अभिनय गरेकी छिन् ।

कप्तान अञ्जिलाको नेपाली खेलकुदमा बनेको पहिलो बायोपिक चलचित्र हो । उनको गाउँको दुःखदेखि राष्ट्रिय फुटबलमा कप्तानसम्मको कष्टकर यात्राबाट सफल भएको कथामा रहेर चलचित्र निर्माण गरेको छ ।

मिलन चाम्स निर्देशित यस चलचित्रमा अभिनेता दयाहाङ राई उनका बुबा र अभिनेत्री सिर्जना सुब्बा आमाको रोलमा देखिएकी छिन् । अभिनेता माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, बेदना राईलगायतका कलाकारको अभिनय रहेका छन् । सुनिल थापा (रातेकाइँला) कोचको भूमिकामा छन् ।

प्रेमकुमार श्रेष्ठको निर्माणमा रहेको चलचित्रलाई सुदीप बरालले खिचेका हुन् । कथालाई प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् । राजनराज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको सङ्गीत, कविराज गहतराजको नृत्य छ । ‘अञ्जिला’ फागुन २९ बिहीबारदेखि प्रदर्शनको तयारीमा छ ।

अञ्जिला गत साता नेपालमा आयोजित चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल सकेर ग्रीस पुगेकी छिन् । हाल उनी गोलरक्षकको रूपमा ग्रीसमा व्यवसायीक फुटबल खेलिरहेकी छिन् ।

चलचित्र  सबैले हेर्नु पर्ने दर्शकको प्रतिक्रिया दिएका छन् । कथावस्तुले भावुक, मन छुने र आफैलाई महसुस गरेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।  आयोजक चुम्लुङले कोरियाको विभिन्न सहरहरूमा शो गर्ने बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...