Advertisement
SKIP THIS

नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो


नेपालको ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा  भइरहेको नो केबलकार पक्षमाथि राज्य पक्षीय हस्तक्षेप तथा दमनको विरोधमा कोरियाको लागि नेपाली महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फेलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाले राजदूत मार्फत सङ्घीय सरकारलाई बुझाउने गरी आइतबार राजदूतावासमा बुझाएको हो ।

नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको अगुवाइमा महासङ्घ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध सङ्घ-संगठनहरूको हस्ताक्षरसँगै प्रतिनिधिहरूको उपस्थितिमा ज्ञापन पत्र बुझाएको थियो । साथै केही समयअघि बङ्गुर फाममा काम गर्ने नेपाली कामदार फाम परिसरमा आत्माहत्या गरी ज्यान गुमाएका तुलसी पुन मगरको घटनाको छानबिन र न्याय सुनिश्चित गर्न माग गर्दै विशेष ध्यानाकर्षण पत्र पनि बुझाइएको छ ।

ज्ञापन पत्र बुझाउने टोलीको नेतृत्व महासङ्घका संरक्षक लोचन राई तथा वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनले गरेको थियो । त्यस्तै महासङ्घमा आबद्ध जातीय संस्थाका अध्यक्षहरू क्रमशः. नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतान, शेर्पा सङ्घका अध्यक्ष दोर्ची शेर्पा, किराँत याक्थुङ चुम्लुङका निवर्तमान अध्यक्ष दिर्जा काङ्भा लिम्बु, थारू कल्याणकारी सभाका निवर्तमान अध्यक्ष शिव शङ्कर थारू, नेपाल बौद्ध परिवारका अध्यक्ष थुतुङ गेल्जि शेर्पा र महासङ्घका महासचिव दयाराम राना मगरलगायत सल्लाहकारहरू, तथा अन्य सरोकारवालाहरू समेत उपस्थिति थियो । महामहिम राजदूत तुम्बाहाम्फेले ज्ञापन पत्र बुझ्दै उठाइएका विषयहरूलाई नेपाल सरकारसमक्ष यथोचित रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ, दक्षिण कोरियाले यस घटनालाई गम्भीर रूपमा लिँदै न्यायको सुनिश्चितता र राज्य पक्षीय हस्तक्षेपको विरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

ज्ञापन पत्र र ध्यानाकर्षण पत्र:

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र “अञ्जिला” ह्वासङ स्थित फारानमा प्रदर्शन हुँदै
  • अन्ततः कोरियामा गुञ्जिने “भयो पूर्ण राई एन्ड दाजुभाइहरु”
  • कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल
  • एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला
  • ताजा अपडेट

    ईपिएस

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...