Advertisement
SKIP THIS

मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा


पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहर (수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा प्रदर्शन हुने भएको छ ।

नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । चलचित्र “जारी सुवन शो “को निम्ति सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै वन्जु मुन्माकबाट जान आउनको लागि बसको व्यवस्था समेत गरिएको समाजका महासचिव सुवास ठकुरीले बताए ।

“कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको बेला यी दुई जोडीलाई खुबै रुचाईएकोले जारी चलचित्र प्रदर्शन भव्य हुने विश्वास गरिएको छ । रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको “जारी” बक्स अफिसमा ब्लकबस्टर व्यापार गरिरहेको चलचित्र हो ।

गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरुले दर्शकको मन छोएको छ । चलचित्रको सबै जानकारी पोष्टरमा उल्लेख गरिएको र चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली चलचित्रप्रेमी महानुभावहरुमा आयोजक वन्जु मुन्माक समाजले हार्दिक अनुरोध गरेको छ ।

चलचित्र “जारी” सुवन शो को लागि

Address : 수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀)

जाने तरिका : Suwon Station Exit No. 9 बाट सिधा अगाडिको 매산시장  Bus Stop बाट 9, 9-1, 10, 13, 13-4 नम्बर बस प्रयोग गरी 가족 여성 회관, 이춘택 병원, 수원 농협 (Family Women’s Hall) मा झर्ने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...