Advertisement
SKIP THIS

चलचित्र “जारी” सुवन शो बाट साढे छयालीस लाख कोरियन वोन भन्दा बढी वचत


वन्जु मुन्माक मैत्री समाजद्धारा २०२३ मे २१ तारिक प्रदर्शन गरिएको ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” सुवन शोको आय व्यय सार्वजानिक गरिएको छ । समाजले ख्वाउन्दो क्षेत्रको वन्जु मुन्माक क्षेत्रबाट करिब दुई घण्टाको बाटो तय गर्दै सुवन सहर स्थित एक सुविधा सम्पन्न हलमा सो चलचित्र प्रदर्शन गरिएको हो ।

सन् २०२२ मा स्थापना भएको समाजले आफ्नो शुरुवाती संस्थागत कार्यक्रम अन्तर्गत चुनौती मोल्दै चलचित्र प्रदर्शनको निम्ति जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले बताए । एक शो गर्ने भनिएपनि दर्शकको अत्याधिक चाप र माग बमोजिम दुई शो गर्नुपर्ने बाध्यता र दुई शो नै सम्पन्न गरेको कार्यकम संयोजक कुश राईले थपे । संस्थागत विश्वास आर्थिक पाटोसँगै जोडिएको बताउँदै चलचित्र कूल आम्दानीमा सम्पूर्ण खर्च कटाएर ४६ लाख ६९ हजार १ सय २० कोरियन वोन वचत भएको कोषाध्यक्ष भिम घिसिङले जानकारी दिए । संस्थागत क्रियाकलापहरुलाई यसरी नै थप चलायमान गराउँदै कार्यसमिति अगाडि बढ्न सदैव तत्पर रहेको महासचिव सुवास ठकुरीले स्पष्ट पारे ।

ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” सुवन शोलाई सभ्य, भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आर्थिक नैतिक र भौतिक सहयोग गर्नुहुने साथै उपस्थित दर्शकहरुमा समाजले हार्दिक आभार व्यक्त गरेको छ ।

चलचित्र जारी “जारी” सुवन शोको आयव्यय विवरण यसप्रकार रहेको छ । (रकम कोरियन वोनमा)

आम्दानी तर्फ
नारायणी रेष्टुरेन्ट सुवन ५०,०००
लालीगुराँस रेष्टुरेन्ट फारान ५०,०००
मकवानपुर समाज दक्षिण कोरिया ५०,०००
कोरियन ३०,०००
टिकट ३४५ प्रति * २५,००० = ४६,२५,०००

जम्मा आम्दानी ८८,०५,०००

खर्च तर्फ

फिल्म लागत पहिलो शो १३,००,०००
फिल्म लागत दोश्रो शो १,२५,०००
हल बुकिङ ५,००,०००
यातायात १०,५०,०००
सम्मान पत्र प्रिन्ट १,१५,०००
आयोजक कार्ड ७५,०००
व्यवस्थापन प्रचारप्रसार खर्च ८,६०,८८०
दोसल्ला १५ प्रति ७५,०००
रेडियोलाई भोईस मिक्सिङ २५,०००
टिकटमा छुट १०,०००

जम्मा खर्च ४१,३५,८८०

जम्मा वचत : ८८,०५,०००- ४१,३५,८८० = ४६,६९,१२०

पोष्टर/टिकट सौजन्यमा लिजा सापकोटा, प्रो. जननी रेष्टुरेन्ट वन्जु, (01023217197)
स्याङ्जा परिवार दक्षिण कोरिया मार्फत १,५०,००० को व्यवस्थापन सहयोग

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...