Bomjan Gurung
थेगु नेपाली मञ्चको दोश्रो अधिवेशन सेप्टेम्बर १८ मा हुने

“एकता र अनुशासन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१९ मा स्थापित थेगु क्षेत्रमा रहेको संघसंस्थाहरुको छाता संगठन थेगु नेपाली मञ्चको दोश्रो अधिवेशन यही सेप्टेम्बर १८ तारिक बालाजी रेष्टुरेन्ट थेगुमा हुने भएको छ । दोश्रो अधिवेशनको लागि कार्यदल गठन गरिएपनि कोभिड १९ कोरोना संक्रमण र जोखिम साथै अन्य विविध कारणले अधिवेशन गर्नुपर्नेमा केही ढिलाई भएको र यो पटक सम्पूर्ण तयारीका साथ सो अधिवेशनको व्यापक तयारीमा जुटेको मञ्चका उपाध्यक्ष एवम् कार्यदल संयोजक रमेश रानाले जानकारी दिएका छन् । थेगु आसपास रहेको सबै संघसंस्थाहरुलाई गोलबद्ध र एकताबद्ध बनाई एकापसमा हातेमालो गराउँदै अगाडिफुर्सदमा
कोरियाको थेगुमा अक्टोबर ०२ मा “प्रथम लाफा भलिबल प्रतियोगिता” हुने

कोरिया स्थित नेपाल मगर संघ थेगु शाखाको आयोजनामा आउँदो अक्टोबर ०२ मा प्रथम लाफा भलिबल प्रतियोगिता २०२२ आयोजना हुने भएको छ । स्वास्थ्य र मनोरञ्जनका लागि खेल, परदेशमा नेपालीहरुको मेल” भन्ने उद्घोषसँगै थेगु सहरको नजिकै खेलमैदान (대구 달성군 구지면 달성 2 차 2로 96 (2 호 그린 공원) मा सो प्रतियोगिता हुने भएको हो । प्रतियोगिता मार्फत कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै समाज घर व्यवस्थापन तथा आकस्मिक राहत कोष स्थापना सहयोगार्थको रुपमा सो प्रतियोगिता आयोजना गरिएकोले मनोरञ्जनसँगै पुण्य कार्य पनि जोडिएकोफुर्सदमा
पाँचौ संस्करणको “छेजुदो भ्रमण” ब्यापक सहभागिताका साथ सम्पन्न

दक्षिण कोरिया स्थित मिर्याङ नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “पाँचौ छेजुदो भ्रमण” कार्यक्रम सम्पन्न गरेको छ । यही सेप्टेम्बरको गत ९ देखि ११ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । सउल क्षेत्रको लागि दोङ्देमुनबाट १ सय १६ जना, किम्हे र बुसान क्षेत्रको लागि किम्हेबाट ३७ जना, थेगु क्षेत्रको लागी मिर्याङबाट ४७ जना र मोक्पोबाट ८ जना गरी २ सय ८ जना भ्रमणमा सहभागी रहेका थिए । जाने बेला मोक्पोसम्म बस र मोक्पोबाट छेजुदो सम्म पानीजहाजको व्यवस्था रहेको थियो भने र फर्किने बेला छेजुदोबाटफुर्सदमा
कोरियामा बृहत् साहित्य मेला भव्य रूपले सम्पन्न

अनेसास कोरिया च्याप्टरले यो वर्ष पनि दक्षिण कोरियाको राजधानी सोलमा काव्यसुधाको १५३औं शृङ्खला “बृहत् साहित्य मेला” भव्य रूपले सम्पन्न गरेको छ । कोरियामा चर्चित कवि खोम गुरुङ, विजयता भण्डारी, मातृहाङ नेम्बाङले हृदयस्पर्शी कविता वाचन गरेका थिए । त्यस्तै प्रसिद्ध गजलकार कृष्ण भण्डारी, कृष्ण रिजाल, रेशम अधिकारीले उत्कृष्ट गजल सुनाएका थिए । कार्यक्रममा मुक्तककार रुशन सुवेदी, प्रचण्ड सापकोटा र समीप खेम पुनले सुन्दर मुक्तक प्रस्तुत गरेका थिए । यसरी कविता, गजल र मुक्तक विधाका स्रस्टाका दमदार रचना वाचनसँगै उपस्थित साहित्यकारहरूको रचना वाचनले माहोल तातिएको थियो । च्याप्टरका अध्यक्ष ह्यारी बोण्डको सभापतित्वमाफुर्सदमा
तेश्रो एनपिएस कप भलिबल प्रतियोगिता २०२२ को उपाधी बागलुङ समाजलाई

कोरिया स्थित नेपाली परोपकार समाजद्वारा आयोजित “तेश्रो एनपिएस कप भलिबल प्रतियोगिता २०२२” को उपाधी बागलुङ समाज दक्षिण कोरियाले आफ्नो पोल्टामा पारेको छ । थेगु सहरको गुजि खेलमैदानमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाईनलमा नेपाली परोपकार समाज विरुद्ध सोझो सेट २३/२५ र २२/२५ मा अग्रता लिएको बागलुङले नगद २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो । प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल आयोजक नेपाली परोपकार समाज गुजि थेगुले १२ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना स्थान हासिल गर्नफुर्सदमा
स्याङ्जा परिवार दक्षिण कोरियाको रजतोत्सव धूमधामका साथ सम्पन्न

कोरियास्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित रजतोत्सव समारोह भव्य रुपमा सम्पन्न भएको छ । गत आइतबार सउलस्थित 서울시 중구 정동길 3 경향신문사 12충 को हलमा कोरियन पर्व छुसकको अवसर पारेर सो रजतोत्सव समारोह सम्पन्न भएको हो । “कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित सम्पन्न सो रजतोत्सव समारोहमा संस्थाका केन्द्रीय अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक विजय थापाको अध्यक्षता, प्रमुख अतिथि नेपाली राजदुतावास सउलका श्रम काउन्सिलर रमा भट्टराई, विशिष्ट अतिथिहरु एनआरएनए कोरियाका अध्यक्ष दिपक पुन, एनसिसि कोरियाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, स्याङ्जाफुर्सदमा
शिष्टाचार अभियानले सुरक्षागार्ड गुरुङलाई राष्ट्रिय सम्मान गर्ने

काठमाण्डौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ । शिष्टता, सभ्यता र संस्कारका निम्ति अभियान नै चलाईरहेका शिष्टचार अभियानले सुरक्षागार्डलाइ शिष्टाचार अभिनन्दनसहित सो सम्मान गरिने भएको हो । “म मन्त्री जान्दिन, लाइनमा बस्नुहोस् भन्ने सुरक्षागार्डलाइ शिष्टाचार अभिनन्दन ।”, साबिकको हाँसपोसा गाविस हाल इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहरा घर भई हाल अमेरिकामा रहनुभएका शिष्टचार अभियानका अभियानकर्ता एवम् समाजसेवी सुमन दाहालले आफ्नो फेशबुक पेज मार्फत यो जानकारी गराउदै भन्नुभएको छ, “हामी उहॅालाइ राष्ट्रिय सम्मान प्रदान गर्दछौं । उहाँले समय रफुर्सदमा
स्याङ्जा परिवार दक्षिण कोरियाको रजतोत्सव यही सेप्टेम्बर ११ मा हुने

कोरियास्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । यही सेप्टेम्बर ११ मा सउलस्थित 서울시 중구 정동길 3-04518 경향신문사 12 층को हलमा कोरियन पर्व छुसकको अवसर पारेर सो जयन्ती मनाउने भएको हो । “कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन गरी सम्पूर्ण तयारी सहित सो कार्यक्रम गर्ने पक्कापक्की भएको संस्थाका केन्द्रीय अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक विजय थापाले जानकारी दिए । सन् १९९७ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, जिल्लाकोफुर्सदमा
गजल शिरोमणि मोतीराम भट्टको जन्मजयन्ती भव्य रूपले सम्पन्न

अनेसास कोरिया च्याप्टरले प्रत्येक वर्षझैँ यो वर्ष पनि गजल शिरोमणि मोतीराम भट्टको १५७औं जन्मजयन्ती गजल वाचनका साथ भव्य रूपले सम्पन्न गरेको छ । भट्टको सम्झनामा चार उत्कृष्ट गजलकारका वजनदार वाचनले कार्यक्रमको गरिमा बढाएको थियो । भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा गजलकारहरू विनोद परिवर्तित, गोपीकृष्ण लामिछाने, लक्ष्मी रेग्मी खनाल र विजय अधिकारीले आफ्ना सुन्दर गजलहरू प्रस्तुत गरेका थिए । च्याप्टरका अध्यक्ष ह्यारी बोन्डको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रका अध्यक्ष गोवर्धन पुजाले विशेष अतिथिको भूमिका निर्वाह गरेका थिए । नेपाली साहित्य कौशलको विकासका लागि मोतीरामले आफ्नो जीवनकोफुर्सदमा
कोरियाको किम्हेमा आकर्षक पुरस्कार राशीको पूल प्रतियोगिता हुने

कोरिया स्थित नेपाल आदिवासी जनजाती महासंघ ख्यङसाङनादो बुसान शाखाको आयोजनामा आउँदो सेप्टेम्बर २५ तारिक किम्हे लुम्बिनी रेष्टुरेन्टको प्रथम पूल प्रतियोगिता हुने भएको छ । स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा बन्धुत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता आयोजना गरिएको हो । नेपाली समुदायविच भएको ख्यङ्साङ् क्षेत्रकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको जानकारी दिदै पछिल्लो समय युवा पुस्ताको पूल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष परी गुरुङले बताईन् । प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्रफुर्सदमा