Advertisement
SKIP THIS

पाँचौ संस्करणको “छेजुदो भ्रमण” ब्यापक सहभागिताका साथ सम्पन्न


दक्षिण कोरिया स्थित मिर्याङ नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “पाँचौ छेजुदो भ्रमण” कार्यक्रम सम्पन्न गरेको छ । यही सेप्टेम्बरको गत ९ देखि ११ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।

सउल क्षेत्रको लागि दोङ्देमुनबाट १ सय १६ जना, किम्हे र बुसान क्षेत्रको लागि किम्हेबाट ३७ जना, थेगु क्षेत्रको लागी मिर्याङबाट ४७ जना र मोक्पोबाट ८ जना गरी २ सय ८ जना भ्रमणमा सहभागी रहेका थिए । जाने बेला मोक्पोसम्म बस र मोक्पोबाट छेजुदो सम्म पानीजहाजको व्यवस्था रहेको थियो भने र फर्किने बेला छेजुदोबाट जिन्दो बन्दरगाहसम्म पानीजहाज र त्यसपछि सम्बन्धित गन्तव्यसम्म बसको व्यवस्था गरिएको समाजका संरक्षक सागर पोख्रेलले जानकारी दिए ।

यो पटकको छेजुदो भ्रमण समाजको पाँचौ संस्करण अन्तर्गत रहेको र अहिलेसम्मकै ठूलो संख्याको सहभागीता रहेको बताउँदै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको भएपनि वितेको दुई वर्ष यता कोरोना कहरको कारण भ्रमण कार्यक्रम स्थगित गर्नुपरेको र अहिले जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा सहभागिता थप ब्यापक र उत्साहजनक भएको समाजका अध्यक्ष मिलन तामाङले स्पष्ट पारे । छेजुदो जाने आउने, भ्रमणको क्रममा सम्पूर्ण प्रवेश शुल्क आयोजकले व्यहोर्ने व्यवस्था, नि:शुल्क दिनको ३ पटक खानाको व्यवस्था र जोडी (कपल) को लागि छुट्टै रुम तथा इन्स्योरेन्स समेत लगायतको सम्पूर्ण सुविधा प्याकेजमै समावेश गरिएको र प्रत्येक बसमा आयोजकको प्रतिनिधि उपस्थित भएर भ्रमणमा सहभागी हुने सबैलाई सहज भएको संस्थाका उपाध्यक्ष साजन थापाले बताए । छेजुदो पुगेर पनि समूह वर्गीकरण गरेर प्रक्रियागत र सौहार्दपूर्ण वातावरणमा प्याकेजमा उल्लेखित सबै स्थानमा भ्रमण कार्यक्रम सम्पन्न गरेकोले पनि आयोजक संस्थाप्रति सहभागीहरु सन्तुष्ट भएको संस्थाकी कोषाध्यक्ष प्रिती लामाले दावी गरिन् ।

समाजले व्यवस्थापकीय पक्षमा केही त्रुटी र कमीकमजोरी वा असुविधा हुन पुगेमा सहभागीहरु समक्ष क्षमा माग्दै रचनात्मक र सकारात्मक राय सुझावको अपेक्षा सहित आउँदो दिनहरुमा सुधार्दै लैजाने प्रतिबद्धता जनाएको छ । भ्रमण सफल बनाउन सहभागिता जनाउनुहुने, आर्थिक, नैतिक र सहजीकरण गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक संस्थाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...