Advertisement
SKIP THIS

Bomjan Gurung

 

विजयादशमीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

अनेसासको आयोजनामा गत आईतबार दशैं विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रवासी स्रष्टाहरूले दशैं विशेष रचनाका साथै आफ्ना मौलिक रचनाहरू वाचन गरेका थिए । दशैं विशेष रचना वाचन कार्यक्रममा सर्वज्ञ वाग्ले, पदम विश्वकर्मा, राजेन्द्र श्रेष्ठ, बिमला ढुंगाना, तीर्थ अधिकारी, निजानन्द मल्ल, तारा अधिकारी, सरिता अर्याल, शकुन्तला ज्ञावली, तीर्थ पाण्डे, लालगोपाल सुबेदी, प्रमोद सारंग, राजन महर्जन लगायतले दशैं विशेष रचना वाचन तथा शुभकामना व्यक्त गरेका थिए । वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रम महासचिव विमला ढुङ्गाना (निरौला)ले सञ्चालन गरेकी थिईन् ।


कोरियामा निधन भएका ईन्द्र गुरुङको श्रद्धाञ्जली सभा अक्टोबर ०२ मा गरिने

लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं. ९ बिम्दा स्थायी घर भई कोरियामा कार्यरत स्व. ईन्द्र गुरुङको सम्झनामा आउँदो अक्टोबर ०२ मा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिने भएको छ । तमू धीं दक्षिण कोरिया र लमजुङ परिवार दक्षिण कोरियाको संयुक्त आयोजनामा दिवंगत आत्माको चीर शान्तिको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने उद्धेश्यले उक्त सभाको आयोजना गरिएको हो । कोरियाको राजधानी सउलदेखि करिब २ सय किमीको दुरीमा रहेको छुङनाम सिटिको छङयाङ गाउँको पिबोङम्यन भन्ने स्थानमा रहेको एक बुंगर फार्ममा कार्यरत रहेका गुरुङको सेप्टेम्बर १६ तारिख राती कार्यस्थल दुर्घटनामा परि निधनफुर्सदमा


निर्माणाधीन बालगृह भवनलाई कोरियाबाट स्याङ्जा परिवारको सहयोग

कोरियामा क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार किम्हे/बुसान शाखाले आफ्नो गृह जिल्लाको बालगृह भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । स्याङ्जा स्थित फेदिखोला गाउँपालिका वडा नं. १ मा अमोर सेवा नेपाल द्वारा सञ्चालित निर्माणाधीन जिल्लाकै एकमात्र बालगृह भवनलाई सहयोग स्वरुप १ लाख २५ हजार रुपैंया प्रदान गरेको हो । गत अगष्ट १४ मा कोरियाको किम्हेमा जिल्लाको एकमात्र बालगृह भवन सहयोगार्थ सुपरहिट नेपाली कथानक चलचित्र “ए मेरो हजुर ४” को प्रदर्शन गरेर उक्त सहयोग रकम जुटाएको र कार्यक्रमको उद्धेश्य अनुरुप नै सहयोग हस्तान्तरण गरिएको आयोजक संस्थाका अध्यक्ष कमल अर्यालले जानकारी दिएफुर्सदमा


स्याङ्जा परिवारले अक्टोबर ०८ मा दशैं मनाउने

प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान गर्दै जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको राजधानी सउलस्थित दोङ्देमुनमा स्याङ्जा परिवार दक्षिण कोरियाले २०७९ सालको विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विगतमा जस्तै संस्थाको गतिविधिलाई निरन्तरता दिदै यो पटक पनि यस कार्यक्रम आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाले बताए । दशैंको धार्मिक परम्परा अनुसार अग्रज तथा मान्यजनबाट टिका-जमरा ग्रहण गर्ने र आशीर्वाद लिने प्रचलनलाई कायम राख्दै यो महत्वपूर्ण अवसर प्राप्त गर्न सकिने साथै विविध साँस्कृतिक प्रस्तुतिको साथमा नेपाली स्वादिष्ट भोजनको व्यवस्था गरिने संस्थाकाफुर्सदमा


अनेसास कविता महोत्सव भव्य रुपले सम्पन्न

राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिएको कविता महोत्सव- २०२२ का लागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचन गरेका थिए । महोत्सवमा प्रथम अजित उत्सव, दोस्रो राधिका कल्पित र तेस्रो प्रज्वल अधिकारी, कोमलप्रसाद भट्ट र पवन विक्रम परियार विजयी भएका छन् । २४ सेप्टेम्वर शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ जुमका माध्यममा सम्म्पन्न भएको सो कार्यक्रममा सहभागी प्रतियोगीले कविता वाचन गरेका थिए । महोत्सवको प्रमुख निर्णायकमा वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार गोविन्द गिरी प्रेरणा, चर्चित कवि/निबन्धकार भीष्म उप्रेती तथा महिलाफुर्सदमा


नारायण बने प्रथम पूल प्रतियोगिताको च्याम्पियन

कोरिया स्थित नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङनादो बुसान शाखाद्वारा आयोजित लुम्बिनी रेष्टुरेन्टमा सम्पन्न प्रथम पूल प्रतियोगिताको उपाधी ख्वाङ्ग्वेन पूल क्लबका नारायण घर्ती मगर (म्याग्दी)ले चुमेका छन् । उक्त प्रतियोगितामा अन्तिम प्रतिद्धन्दी जिवन सिङ्जाली मगर (गोरखा)लाई फाईनलमा ३-० सोझो सेटको स्थितिमा नारायणले ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १३ लाख कोरियन वोनले पुरस्कृत भएका हुन् । सो प्रतियोगितामा दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल जिवन सिङ्जाली मगर (गोरखा) र पासाङ शेर्पा (सोलुखुम्बु) ले ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ७ लाख र ३ लाख कोरियन वोन प्राप्त गरेफुर्सदमा


कोरियाको छाङ्वनमा “प्रथम ग्रीन नेपाल एफसी कप” फूटसल टुर्नामेण्ट आउँदो अक्टोबर ३० मा हुने

कोरियाको दक्षिणी भेग छाङ्वन क्षेत्रमा रहेको नेपालीहरुको फूटबल क्लब ग्रीन नेपाल एफसीले आउँदो अक्टोबर ३० मा “प्रथम ग्रीन नेपाल एफसी कप” फूटसल टुर्नामेण्टको आयोजना गर्ने भएको छ । स्वास्थ्य अनि मनोरञ्जनको लागी फुटसल भन्ने नारासँगै छाङ्वनको खेलमैदानमा हुने सो उक्त टुर्नामेण्ट फुटसल खेलप्रतिको आकर्षणलाई ध्यानमा राख्दै सम्भवत: यो सिजनकै अन्तिम प्रतियोगिता रहेको सो ग्रीन नेपाल एफसीका संयोजक हेमन्त गुरुङले बताए । टुर्नामेण्ट विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र र उपविजेता टिमले १५ लाख प्रमाण पत्र प्राप्त गर्नेछन्फुर्सदमा


छङ्ऊप नेपाली एकता समाजले अक्टोबर ०८ मा दशैं मनाउने

प्रवासमा रहेर पनि नेपाली परम्परा, संस्कार, संस्कृतिको सम्मान र जगेर्ना गर्ने उद्वेश्यका साथ कोरियाको छङ्ऊप स्थित 정읍시 2 공단 CU 3 अगाडिको पार्कमा छङ्ऊप नेपाली एकता दक्षिण कोरियाले २०७९ सालको बडा दशैंको पावन अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । समाजले आफ्नो गतिविधिलाई चलायमान गराउँदै विविध साँस्कृतिक कार्यक्रम सहित दशैं मनाउने तयारी गरेको हो । कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत पर्ने थेईन, जुल्फो, गोछन, खाम्गुक र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै यस वर्षको दशैं कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष राम थापा मगरले बताए ।फुर्सदमा


थेगु नेपाली मञ्चको पहिलो अधिवेशनबाट भानु घिमिरेको नेतृत्व रहने गरी कार्यसमिति चयन

“एकता र अनुशासन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१९ मा स्थापित थेगु क्षेत्रमा रहेको संघसंस्थाहरुको छाता संगठन थेगु नेपाली मञ्चको पहिलो अधिवेशन सम्पन्न भएको छ । यही सेप्टेम्बर १८ तारिक बालाजी रेष्टुरेन्ट थेगुमा मञ्चका कार्यवाहक अध्यक्ष रमेश रानाको सभाध्यक्ष र समाजसेवी तथा व्यवसायी मानसिङ्ग गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाल मगर संघ थेगु शाखाका अध्यक्ष चिरन थापा मगर, स्याङ्जा परिवार थेगु शाखाका अध्यक्ष मित्र मगर, तमू धीं थेगु शाखाका अध्यक्ष गणेश गुरुङ, तमू धीं थेगु शाखाका निवर्तमान अध्यक्ष हर्क गुरुङ, नेपाली परोपकार समाज खुजीकाफुर्सदमा


कोरियामा निधन भएका राजेशका परिवारले पाए साढे चार लाख रुपैंया आर्थिक सहयोग

कोरियामा निधन भएका विधार्थी राजेश पाण्डेयको परिवारलाई स्याङ्जा परिवार र नेपाली विधार्थी समाज (SONSIK) को संयुक्त पहलमा संकलित ४३ लाख १८ हजार १ सय ९२ कोरियन वोन (करिब साढे चार लाख नेपाली रुपैंया) राहत र सान्त्वना स्वरुप मृतकको सहोदर भाई अच्युत पाण्डेयलाई हस्तान्तरण गरिएको छ । Encephalitis (Autoimmune) नामक रोग लागेका पाण्डेय दक्षिण कोरियाको सउलस्थित 가톨릭대학교 은평성모병원 मा उपचारार्थ रहँदै गर्दा गत अगष्ट २७ मा निधन भएका थिए । दुई संस्थाको संस्थागत पहलमा संकलित रकम स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष विजय थापा, केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपना गुरुङ, केन्द्रीय निवर्तमानफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...