Advertisement
SKIP THIS

कोरियामा बृहत् साहित्य मेला भव्य रूपले सम्पन्न


अनेसास कोरिया च्याप्टरले यो वर्ष पनि दक्षिण कोरियाको राजधानी सोलमा काव्यसुधाको १५३औं शृङ्खला “बृहत् साहित्य मेला” भव्य रूपले सम्पन्न गरेको छ । कोरियामा चर्चित कवि खोम गुरुङ, विजयता भण्डारी, मातृहाङ नेम्बाङले हृदयस्पर्शी कविता वाचन गरेका थिए । त्यस्तै प्रसिद्ध गजलकार कृष्ण भण्डारी, कृष्ण रिजाल, रेशम अधिकारीले उत्कृष्ट गजल सुनाएका थिए । कार्यक्रममा मुक्तककार रुशन सुवेदी, प्रचण्ड सापकोटा र समीप खेम पुनले सुन्दर मुक्तक प्रस्तुत गरेका थिए । यसरी कविता, गजल र मुक्तक विधाका स्रस्टाका दमदार रचना वाचनसँगै उपस्थित साहित्यकारहरूको रचना वाचनले माहोल तातिएको थियो ।

च्याप्टरका अध्यक्ष ह्यारी बोण्डको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रवासमा आएर पनि साहित्यको यति राम्रो माहोल बनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै प्रमुख अतिथि नेपाली दूतावास कोरियाकी श्रम सहचारी रमा भट्टराईले अनेसासको उत्तरोत्तर प्रगतिको कामना गरिन् । कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाल मुक्तक प्रतिष्ठान कोरियाका अध्यक्ष आरएन अधिकारी एवम् इतर अभियानका शीर्षविन्दु पराजित पोमुले अनेसास कोरियाले नेपाली साहित्यको विकास र विस्तारमा टेवा पुर्याइरहेको र यस कार्यमा आफू पनि सँगै रहेको कुरा व्यक्त गरे । च्याप्टरका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्माले संयोजन गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लोकराज न्यौपानेले गरेका थिए ।

भाषासाहित्य​, सङ्गीत र​ कलाको विकास, विस्तार​ र​ उन्नय​न​मा अन​व​र​त सक्रिय​ संस्था अनेसास कोरिया च्याप्ट​रले भानु ज​य​न्ती, ल​क्ष्मी जयन्ती, मोती जयन्तीलगाय​त विभिन्न सन्दर्भ विशेष कार्यक्रम तथा स्र​ष्टा सम्मान, कविता प्रतियोगिताजस्ता सम्मेल​न​को आयोजना गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...