थेगु नेपाली मञ्चको दोश्रो अधिवेशन सेप्टेम्बर १८ मा हुने

“एकता र अनुशासन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१९ मा स्थापित थेगु क्षेत्रमा रहेको संघसंस्थाहरुको छाता संगठन थेगु नेपाली मञ्चको दोश्रो अधिवेशन यही सेप्टेम्बर १८ तारिक बालाजी रेष्टुरेन्ट थेगुमा हुने भएको छ ।
दोश्रो अधिवेशनको लागि कार्यदल गठन गरिएपनि कोभिड १९ कोरोना संक्रमण र जोखिम साथै अन्य विविध कारणले अधिवेशन गर्नुपर्नेमा केही ढिलाई भएको र यो पटक सम्पूर्ण तयारीका साथ सो अधिवेशनको व्यापक तयारीमा जुटेको मञ्चका उपाध्यक्ष एवम् कार्यदल संयोजक रमेश रानाले जानकारी दिएका छन् ।
थेगु आसपास रहेको सबै संघसंस्थाहरुलाई गोलबद्ध र एकताबद्ध बनाई एकापसमा हातेमालो गराउँदै अगाडि बढाउने मूल अभिप्रायका साथ स्थापना भएको थेगु नेपाली मञ्चको आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकता अनुरुप दोश्रो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्विजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई मञ्चले अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
तपसिल :
मिति : २०२२ सेप्टेम्बर १८, आइतबार
समय : बिहान ठिक ११:०० बजे
स्थान : बालाजी रेष्टुरेन्ट, थेगु कोरिया