Advertisement
SKIP THIS

स्याङ्जा परिवार दक्षिण कोरियाको रजतोत्सव धूमधामका साथ सम्पन्न


कोरियास्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित रजतोत्सव समारोह भव्य रुपमा सम्पन्न भएको छ । गत आइतबार सउलस्थित 서울시 중구 정동길 3 경향신문사 12충 को हलमा कोरियन पर्व छुसकको अवसर पारेर सो रजतोत्सव समारोह सम्पन्न भएको हो ।

“कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित सम्पन्न सो रजतोत्सव समारोहमा संस्थाका केन्द्रीय अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक विजय थापाको अध्यक्षता, प्रमुख अतिथि नेपाली राजदुतावास सउलका श्रम काउन्सिलर रमा भट्टराई, विशिष्ट अतिथिहरु एनआरएनए कोरियाका अध्यक्ष दिपक पुन, एनसिसि कोरियाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल र एनआरएनए आईसिसि सचिव जुनु गुरुङ रहेका थिए भने अतिथिहरुमा संस्थाका वरिष्ठ सल्लाहकारहरु, पूर्वाध्यक्षहरु सल्लाहकार, सल्लाहकारहरु, संस्थाका विभागीय प्रमुखहरु, खेलाडीहरु, किम्हे/बुसान र थेगु शाखाका अध्यक्षहरु, शाखाका सल्लाहकारहरु, केन्द्र एवं शाखा सम्बद्ध कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, विभिन्न क्षेत्रिय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

सन् १९९७ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, जिल्लाको संक्षिप्त परिचय, भौगोलिक अवस्थिति, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी, प्रवासी भूमिमा रहँदाको अनुभूति/विचार, कोरियामा आर्जित ज्ञान, सीप र पूँजीको उपयोग, लगानीको अवस्था, सम्भावना र चुनौती, साहित्यिक लेख/रचना लगायतको विषय समेट्दै स्मारिका प्रकाशन गरिएको र रजत जयन्तीकै अवसर पारेर स्मारिका पुस्तक विमोचन कार्यक्रम जोडिएको थियो । कोरिया स्थित विभिन्न संघसंस्था, व्यवसायीहरुसँगको सम्बन्ध र समन्वयमा थप आत्मीयता कायम राख्दै संस्थाले शुभकामना तथा विज्ञापन संकलन गर्दै सहयोगीहरुको नामावली स्मारिका पुस्तकमा समावेश छ । यसका साथै स्थापनाकालदेखि विभिन्न समयमा आर्थिक, भौतिक, नैतिक तथा जिन्सी वा सामाग्रीहरु उपलब्ध गराउनुहुने सहयोगी र रजत जयन्ती समारोहलाई सफल बनाउन आर्थिक सहयोगी सम्पूर्णलाई सम्मान गरिएको थियो ।

गौरवशाली इतिहास बोकेको स्याङ्जा परिवार दक्षिण कोरियाको रजत जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्न कोरियास्थित विभिन्न संघसंस्था, संस्था सम्बद्ध व्यक्तित्व, समस्त शुभचिन्तक, सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोगको लागी संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...