Advertisement
SKIP THIS

कोरियाको थेगुमा अक्टोबर ०२ मा “प्रथम लाफा भलिबल प्रतियोगिता” हुने


कोरिया स्थित नेपाल मगर संघ थेगु शाखाको आयोजनामा आउँदो अक्टोबर ०२ मा प्रथम लाफा भलिबल प्रतियोगिता २०२२ आयोजना हुने भएको छ । स्वास्थ्य र मनोरञ्जनका लागि खेल, परदेशमा नेपालीहरुको मेल” भन्ने उद्घोषसँगै थेगु सहरको नजिकै खेलमैदान (대구 달성군 구지면 달성 2 차 2로 96 (2 호 그린 공원) मा सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता मार्फत कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै समाज घर व्यवस्थापन तथा आकस्मिक राहत कोष स्थापना सहयोगार्थको रुपमा सो प्रतियोगिता आयोजना गरिएकोले मनोरञ्जनसँगै पुण्य कार्य पनि जोडिएको संस्थाका अध्यक्ष चिरन थापाले बताए ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २२ लाख र १२ लाख कोरियन वोन प्रदान गरिने साथै सान्त्वना पुरस्कार स्वरुप दुई टिमलाई ३ लाख ५० हजार कोरियन प्रदान गरिने बताउँदै अन्य विधातर्फ उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेन्डर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने खेलकुद संयोजक नेत्र सोराली मगरले जानकारी दिए । संस्थाले प्रवासमा रहेर पनि आफ्नो जातीय संस्कृति, अस्तित्व, मौलिकता र परम्पराको संरक्षण र सम्बर्द्वनमा महत्त्वपूर्ण भूमिका खेल्दै आईरहेको र अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति तथा संस्थाहरुको सहयोग प्राप्त भईरहेको संस्थाका महासचिव खडक घर्ती मगरले स्पष्ट पारे ।

नेपाल मगर संघ थेगु शाखाद्वारा आयोजित प्रथम लाफा भलिबल प्रतियोगिता २०२२ मा सहभागिता जनाउन सेप्टेम्बर २५ सम्म टिम दर्ता गर्न सकिने, टिम दर्ता शुल्क स्वरुप ३ लाख ५० हजार कोरियन वोन निर्धारण गरिएको र प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत रहेको कार्यक्रम संयोजक कमल थापा मगरले जानकारी दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...