मनमाया दनुवार
यसरी उम्किएँ त्यो नर्कबाट
विदेश गएर कमाएको पैसाले घरको ऋण तिरेर छोराछोरीलाई राम्रो पढाउँला भन्ने लागेको थियो । ऋण काढेर पैसा एजेन्टलाई बुझाएपछि असार ११ मा इराक उडाउने पक्का भएको थियो । हामी स्वयम्भूबाट दिल्ली जाने बस चढ्यौं । नेपाली नाकामा माइती नेपालका प्रतिनिधि र प्रहरीले कता जाने भनी सोधे भारतीय गुम्बामा पढ्दै गरेको छोरालाई भेट्न जाने भन्न सिकाइएको थियो । जति जाँच भए पनि हामी दिल्लीसम्म पुग्यौं । म चढेको बसमा दिल्ली लैजान लागिएका अरू केटी पनि थिए । तर कसैले कसैलाई चिनेका थिएनन् । सबैलाई एकले अर्कालाई नचिनेको जसरी बस्नु भनेकाले उनीहरूफुर्सदमा