सुरेन कार्की
मैले देखेको द.कोरिया
कतिपय अवस्था बाध्यात्मक हुन्छन् कतिपय रहरमा कतिपय मिश्रित । मेरो सन्दर्भमा मिश्रित अवस्था हो विदेशिनु । हरेक कुराको दुईवटा पाटाहरु हुन्छन राम्रा र नराम्रा, तर म यहाँ राम्रो कुरो पहिले पस्किन्छु। छोटो समयमा पनि विभिन्न वाधा अडचन झेल्दै आफ्नो संस्कृति जिवित राख्दै आर्थिक छलाङ मारेको देश हो द. कोरिया। यहाँको सार्वजनिक यातायात गज्जबै छ, गाडिमा प्रवेश गर्यो ड्राईभरले आफुभन्दा पहिले नै अभिवादन टक्र्याउँछ। युवायुवतीको जमात गाडिमा चढछन उनिहरु पछि कोई वृद्ध वृद्दा गाडिमा चढेभने सिट खाली गर्दिन्छन र उभिन्छन। सम्झिन्छु, आफ्नो देश जहाँ २५/२६ वर्षकि युवती चुईगम पटकाउँदै आउँछिन रफुर्सदमा