Advertisement
SKIP THIS

विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा कवि तिर्थराज विश्वकर्मा प्रथम


नेपाल आदिवासी जनजाति महासंघ कोरियाले आयोजना गरेको विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ। मे १८ तारिख आइतवार साँझ जुम भर्जुअल कार्यक्रम मार्फत नतिजा सार्वजनिक गरिएको थियो। ३ दर्जन बढि प्रतिस्पर्धीलाई पछि पार्दै धरानका कवि तिर्थराज विश्वकर्मा प्रथम भएका छन्। उनको “म त्यहिँ अनुहार हूँ” शिर्षकको कविताले प्रथम स्थान हाँसिल गरेको हो।

यसैगरी दोश्रो हुनेमा रोल्पाका कवि कमल विवश मगरको “वर्ग विज्ञापन र अठोट” रहेको छ भने रोल्पाकै कवि समिप बैरागीको कविता “पूर्व घोषित अभियानाबाट” तेस्रो भएको छ। झापाकी कवि विजयीता भण्डारीको “यलम्बरको अन्तिम शब्द” सिन्धुलीका कवि रुपक ‘जजमराको “डम्फूको आन्दोलन” र धरानका कवि विनेश राई मिन्जाईको “अस्तित्व” शिर्षको कविता सान्त्वना भएका छन्। बुटवलका कवि प्रकाश नेपालीको भुईफूलहरु, स्याङ्जाकी कवि जमुना भट्टराईको “आदिवासी जनजाति ” , काभेपलाञ्चोकका कवि असमान लामाको आदिवासी ” र सोलुखुम्बुका कवि छविन विरही राईको “भूमिपूत्र” उत्कृष्ट १० मा पर्न सफल भएका छन्। उत्कृष्ट १० कवितालाई आदिवासी स्मारिकामा प्रकाशन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५ लाख वन द्वितिय हुनेले ३ लाख वन र तेस्रो हुनेले २ लाख वन प्राप्त गर्नेछन भने ३ जना सान्त्वना हुनेले १/१ लाख वन प्राप्त गर्नेछन्। पुरस्कार राशी चाँडै प्रदान गरिने अध्यक्ष बिसन राईले अवगत गराएका छन्।

केहि महिना अघिदेखि विश्वभरबाट कविता संकलन गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा कवि तथा साहित्यकार राजन मुकारुङ, कवि बिना थिङ र कवि विमला तुम्खेवा रहेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...